टेलिफोन गरी मिलेर अघि बढ्न ओलीद्वारा प्रचण्डलाई आग्रह

23.2k Shares

काठमाडौं , मंसिर । नेकपा एमाले अध्यक्ष खड्ग प्रसाद ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लाई बिहीबार दिउँसो टेलिफोन गरी मिलेर अघि बढ्न आग्रह गर्नुभएको

ओलीका स्वकीय सचिव राजेश बज्राचार्यले प्रचण्डसँग फोनमा कुरा भएको पुष्टि गर्दै नेताहरूबीच बधाई साटासाट भएको बताउनुभयो उहाँले निर्वाचनको अन्तिम नतिजा हेरिसकेपछि कसरी जाने भन्नेबारे छलफल हुन सक्छ भन्ने संकेत पनि गर्नुभयो ओलीका स्वकीय सचिव बज्राचार्यले ओली प्रचण्ड दुवैले एक अर्कालाई चुनावमा विजय भएकोमा बधाई दिने क्रममा प्रचण्डले ओलीलाई चुनावमा सोचेभन्दा राम्रो नतिजा निकालेको भन्दै प्रशंसा समेत गर्नुभएको बताउनुभयो

एमाले माओवादी मिलेर बनेको नेपाल कम्युनिस्ट पार्टी फुटेयता बिहीबार पहिलोपटक दुई नेताबीच संवाद भएको हो लामो समयको संवादहीनतापछि ओली दाहालबीच भएको कुराकानीलाई आगामी सरकार निर्माणको जोडघटाउसँग जोडर हेरिएको निर्वाचनको मुखमा एकअर्काविरुद्ध वाकयुद्धमा व्यस्त दुई शीर्ष नेताबीच निर्वाचनको अन्तिम नतिजा आउनुअघि नै संवाद हुनुले आगामी राजनीतिक कोर्सबारे अनेक अड्कलहरू शुरू भएको

स्रोतका अनुसार टेलिफोन संवादमा ओलीले तिक्तता बढ्दै जाँदा निकै परपर भइने जिकिर गर्दै भन्नुभयोहामीलाई टाढा पार्ने शक्तिहरू अहिले पनि सक्रिय नै छन् अब कुरा गरेर अघि बढ्न सकिन्छ ओलीलाई जवाफ फर्काउँदै प्रचण्डले अरू कसैले टाढा पारेको नभई टाढा हुनुमा ओलीको विगतको कार्यशैली जिम्मेवार रहेको टिप्पणी गर्नुभएको बताइएको दाहालले बसेर कुरा गर्न समस्या नभएको तर, अगाडिको बाटोबारे चाहिँ समीक्षा गर्नुपर्नेमा जोड दिनुभएको श्रोतको दाबी हामी गठबन्धनमा छौं, चुनावको सबै परिणाम आइसक्न बाँकी नै , प्रचण्डको जवाफ उद्धृत गर्दै उनको सचिवालयले भन्योपहिले हेरौं परिस्थिति कसरी अघि बढ्छ

सम्बन्धित समाचार