ललितपुर । ललितपुर क्षेत्र नं. १ का एमालेका सक्रिय कार्यकर्तादेखि लिएर जिम्मेवार पदमा बसेकाहरु धमाधम नेपाली कांग्रेसमा प्रवेश गर्न थालेका छन् ।
चुनावको मुखैमा एमालेका प्रदेश उम्मेदवार चेतनाथ सञ्जेलका आफ्नै भतिजसहित झण्डै दर्जन एमालेका सक्रिय कार्यकर्ताहरु कात्तिक २१ गते सोमबार नेपाली कांग्रेसका प्रवेश गरी नेपाली कांग्रेसलगायत गठबन्धनका उम्मेदवारलाई विजयी गराउने प्रतिबद्धता जनाएका छन् ।

ललितपुर क्षेत्र नम्बर १ प्रदेश ‘ख’ बागमती गाउँपालिका वडा नम्बर ५ इकुडोल वडा कमिटी उपसचिब एमालेका प्रदेश उम्मेद्वार चेतनाथ सञ्जेलका भतिज सुमन संजेल, युथफोर्स क्षेत्रीय सदस्य सरोज तामाङ, युथफोर्स गाउँ कमिटी अध्यक्ष अजय तामाङलगायत दर्जनौं सक्रिय कार्यकर्ताहरु नेपाली कांग्रेसमा प्रबेश गरेका हुन् ।
नेपाली कांग्रेसका प्रवेश गरेका सञ्जेल, तामाङलगायत एमालेका सक्रिय कार्यकर्ताहरुलाई नेपाली कांग्रेस प्रदेश उम्मेदवार मीनकृष्ण महर्जनले माला र टीका लगाई कांग्रेसमा प्रबेश गराएका हुन् ।
सञ्जेलले नेपाली कांग्रेस प्रवेश गर्ने क्रममा भने ‘चेतनाथ संजेल मेरो काका हुन् तर, उहाँले चुनाब जिते पछि जनतालाई बिकास निर्माणको बिषयमा जे—जे प्रतिबद्धता गर्नुभएको त्यो कुनै काम पुरा नगरेको र खाली झुठको खेति गर्ने काम मात्र गर्नु भयो ।’
सञ्जेलले आफ्नो कुरा राख्दै, आफ्नै काका भएर के गर्नु, चुनाव जितेपछि जनताको दुःखसुखमा साथ दिन्छु भनेपछि कहिले फर्केर नखाएको कारण पनि हामीहरुले बाध्य भएर चुनाव नजिते पनि सधैं जनताको सुख दुःखमा साथ दिइरहने, विकास निर्माणको कार्यमा सधैं लागिपर्ने नेपाली कांग्रेसका प्रभावशाली युवा नेता मीनकृष्ण महर्जनसँग प्रभावित भएर म आज एमालेमा प्रबेश गरेको नव प्रबेश सञ्जेलले आफ्नो मन्तब्य राख्ने क्रममा बताएका थिए ।

मन्तव्यकै क्रममा सञ्जेल भन्छन् ‘मीनकृष्ण महर्जनलाई मैले बिगत २० बर्ष अगाडिदेखि राम्रोसँग चिन्छु । उहाँ बिकास प्रेमि नेता हो, उहाँले कसैलाई दुःख पर्दा होस् वा समस्या पर्दा होस् दिनरात, झरीबादल नभनी कुनै हिचकिचाहट नमानि सहयोग गर्दै आइरहनुभएको मैले देखेको छु । अब ललितपुर क्षेत्र नं. १ ‘ख’ प्रदेशमा बिकासको निम्ति मीनकृष्ण महर्जनको विकल्प नरहेको पार्टी प्रवेश गरेपछि सञ्जेलले बताए ।
त्यसैगरी वडा नम्बर ३ यास्पा एमालेका बुद्धिलाल स्याङ्तान, जितलाल स्याङ्तान, निर्मला स्याङ्तान, सुवास स्याङ्तान, सृजना स्याङ्तानसहित १२ जना कांग्रेसमा प्रबेश गरेका छन् ।
स्मरणीय छ, चुनावको मुखमा एमालेका विभिन्न संगठनका नेता तथा सक्रिय कार्यकर्ताहरु एमाले परित्याग गर्ने र नेपाली कांग्रेसमा प्रवेश गर्नेको लर्को लागेकै कारणले पनि आगामी मंसिर ४ गते हुने निर्वाचनमा नेपाली कांग्रेसलगायत गठबन्धनका उम्मेदवारहरु विजयी हुने निश्चितप्रायः देखिँदै आएको छ । केही दिन अगाडि पनि एमालेको तर्फबाट उम्मेदवार बनेका नवराज सिलवाल र चेतनाथ सञ्जेलको गतिविधि ठिक नलागी असन्तुष्टि जनाउँदै चापागाउँका दर्जनौं एमालेका सक्रिय कार्यकर्ताहरुद्वारा सामाजिक सञ्जालमा पार्टी परित्याग गरेको घोेषणा गरेका थिए ।