कांग्रेसलाई जिताउने जिम्मा माओवादीको, बागीलाई सहयोग हुँदैन : वर्षमान

20.2k Shares

रोल्पा, २० कात्तिक नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन (अनन्त)ले वर्तमान सत्ता गठबन्धन कम्तिमा पाँच वर्षसम्म कायम रहने बताएका छन् अहिलेको निर्वाचन प्रणालीले कुनै एक दललाई बहुमत नदिने भन्दै पाँच वर्षसम्म गठबन्धन कायम हुने उनको भनाइ

लोकतान्त्रिकवाम गठबन्धनद्वारा रोल्पामा आयोजित कार्यक्रममा पुनले ओली तन्त्रबाट मुलुकलाई मुक्त गर्न गठबन्धन बनेको बताए एमाले अध्यक्ष केपी शर्मा ओलीले शक्ति पृथकीकरणको सिद्धान्त विपरीत काम गरेको तथा न्यायपालिका व्यवस्थापिकाबीचको शक्ति सन्तुलनमा हस्तक्षेप गरेको आरोप पुनले लगाए

विगतका विचार मिल्ने वामपन्थी दलसँग चुनावी तालमेल एकीकरण गएर गए पनि लक्ष्य अनुसार काम नभएकाले अहिले कोर्ष करेक्सन गरिएको तर्क पुनले गरे रोल्पाका ३० वर्षमा कांग्रेस माओवादी मिलेको भन्दै उनले बागीलाई कुनै हालतमा सहयोग नहुने बताए

रोल्पाको प्रदेश () मा माओवादी केन्द्रका दीपेन्द्र पुन (सिजल) बागी उम्मेदवार छन् सो प्रदेशमा कांग्रेसका अमरसिंह पुन सत्ता गठबन्धनका साझा उम्मेदवार छन् राजनीतिमा भित्री बाहिरी कुरा नहुने भन्दै पुनले कांग्रेसका पुनलाई जिताउने जिम्मा माओवादीले लिने उल्लेख गरे

सम्बन्धित समाचार