प्रचण्डले ओलीलाई गोरुगाढावाला प्रवृत्तिको नेताको संज्ञा दिए

17.4k Shares

गोरखा, १८ कार्तिक नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई गोरुगाढावाला प्रवृत्तिको नेताको संज्ञा दिएका छन् उनले ओलीले राजावादी गठबन्धनको नेतृत्व गरेको आरोप पनि लगाएका छन् ।

आज (बिहीबार) गोरखामा आयोजित गठबन्धन दलहरुको चुनावी जनभेलालाइ सम्बोधन गर्दै उनले ओलीले अहिलेसम्मको परिवर्तन उल्ट्याउन लागिपरेको आरोप लगाएका हुन् उनले भने, एमालेका केही गोरुगाढावाला प्रवृत्तिका नेताहरु थिए। संविधान सभामा हस्ताक्षर गरिसकेपछि सुध्रिए होला भनेका होइन रहेछ। ती नेताहरु अहिले देशलाई अराजकतातर्फ लान ढुकेर बसेका छन् ।

उनले नेकपाकालिन अवस्थामा ओलीले संविधानविरुद्ध गतिविधि गरेको पनि आरोप लगाए ओलीले गरेको प्रतिगमन परास्त गर्न आफूहरुले ठूलै संघर्ष गरेको पनि स्मरण गराए

सम्बन्धित समाचार