काठमाडौं । नेकपा एमाले
बहुपदीय प्रणाली अवलम्बन गरेको पार्टी भए पनि व्यक्ति
कब्जामा रहेको टिप्पणी हुन थालेको छ ।
बहुपदीय
प्रणाली अवलम्बन गरेको भए पनि निर्णय
गर्ने सम्पूर्ण अधिकार भने अध्यक्ष केपी
शर्मा ओलीले एक्कलरुपमा गरेको पाइएपछि त्यस्तो टिप्पणी हुन थालेको हो ।
एमालेको
१०औं महाधिवेशनले २४३ सदस्यीय केन्द्रीय
कमिटी चयन गरेको छ । त्यसपछि पनि
विभिन्न संरचनाहरू बनेका छन् । ओलीको नेतृत्वमा
१९ सदस्यीय सचिवालय गठन गरिएको छ
भने अध्यक्ष ओलीकै नेतृत्वमा ४५ सदस्यीय स्थायी
कमिटी र ९८ सदस्यीय
पोलिटब्युरो गठन गरिएको छ । महासचिव शंकर
पोखरेलको नेतृत्वमा ११ सदस्यीय कार्यालय
पनि गठन गरिएको छ ।
पार्टी
सञ्चालनका लागि एमाले केन्द्रीय
कमिटीसँग मात्र पाँच वटा संरचना
छ । तर, सम्पूर्ण
काम अध्यक्ष ओली एक्लैको निर्णयमा
हुँदै आएका छन् ।
अन्य नेता ओलीको अराउ
खटाउमा दिन बिताउँदै आएका
छन् ।
बहुपदीय
संरचना सामूहिकतामा आधारित हुन्छ । नीति तथा
कार्यक्रम सामूहिकतामा तय हुन्छ ।
कार्यान्वयन पनि सामूहिकतामै हुन्छ । अध्यक्षले त्यसको
समग्र नेतृत्व गर्छन् । तर, एमालेमा
त्यस्तो छैन । एमालेको पदाधिकारी
बैठक आक्कलझुक्कल मात्र बस्छ । स्थायी कमिटी,
पोलिटब्युरो र केन्द्रीय कमिटी
नामको मात्र संरचना हो । एमालेको बैठक
बस्ने भनेकै सचिवालयको हो । एमालेको सचिवालय
बैठक बाक्लै बस्छ । र, पार्टीले
गर्नुपर्ने सम्पूर्ण काम सचिवालय बैठकले
नै तय गर्छ ।
तर, निर्णय गर्ने अधिकार भने सचिवालय बैठकबाट
पनि अध्यक्ष ओलीले एक्लै गर्ने गरेको पार्टीभित्रै गुनासाहरु देखिन थालेका छन् ।
सचिवालय
बैठकमा प्रस्तुत एजेण्डाहरूमा खासै छलफल हुँदैन । ओलीले ब्रिफिङ
गरेर विषय प्रवेश गराउँछन् । अध्यक्ष ओलीले
अधिकांश एजेन्डाहरूमाथि छलफल नै नगरी
निर्णय सुनाउने गरेका छन् । केही जटिल
विषयहरूमा सामान्य छलफल हुन्छ ।
त्यसपछि महासचिव शंकर पोखरेल बोल्छन्–
‘बाँकी विषयको निर्णय गर्ने अधिकार अध्यक्ष कमरेडलाई दिउँ ।’
महासचिवले
अधिकार अध्यक्षलाई दिउँ भनेपछि अरुले
हुँदैन भन्ने कुरा रहँदैन ।
हुँदैन भन्दा अध्यक्षलाई अविश्वास गरेको ठहर हुन्छ ।
र, सहजै सबै अधिकार
अध्यक्षमा केन्द्रित हुन्छ । त्यसपछि ओली
निर्णय गर्छन् ।
त्यस्तै,
सचिवालयबाट अधिकार लिएपछि अर्को बैठक अध्यक्ष ओलीले
बोलाउँछन् । उक्त बैठकमा
महासचिव पोखरेल र उपमहासचिव विष्णु
रिमाल मात्र हुन्छन् । ओली, पोखरेल
र रिमाल सम्मिलित बैठकले गरेका निर्णयहरू नै आजसम्म एमालेको
अन्तिम निर्णय हुने गरेका छन् ।
यी तीन जनाको सबैजसो
बैठक ओली निवास बालकोटमा
बस्ने गरेको छ । उक्त बैठक
अति गोप्य हुने गरेको छ । त्यो बैठकमा
पार्टीका अन्य नेतालाई सहभागी
हुने अधिकार छैन ।
ओलीको
विश्वासपात्रका रुपमा पोखरेल र रिमाल रहेका
छन् । दशौं महाधिवेशनपछि
बनेको कमिटीमा अध्यक्ष ओलीले विश्वास गरेका दुई पात्र महासचिव
पोखरेल र उपमहासचिव रिमाल
मात्र हुन् । तीन सदस्यीय
टिममा पनि ओलीले महासचिवको
केही कुरा सुन्छन् ।
उपमहासचिव रिमालको कुरा खासै सुन्दैनन् । रिमालको काम
ओलीले बोलेका कुरा टिपोट गर्ने
र टाइप गर्ने मात्र
हो ।
ओलीले
रिमाललाई पहिलेदेखि नै विश्वास गर्दै
आएका छन् । प्रधानमन्त्री हुँदा
आफैसँग राखेर काम गराएका थिए । रिमालबाट विश्वासघात
हुँदैन भन्ने विश्वासका साथ ओलीले रिमाललाई
प्रयोग गर्दै आएका हुन् ।
ओलीको
कार्यशैलीले ‘ओली भनेकै एमाले,
एमाले भनेकै ओली’ भन्ने भास्य
स्थापित भएको छ ।
अरू, नेतृत्व थपना जस्तै भएका
छन् । सार्वजनिक महत्वका
अति संवेदनशील विषयमा समेत एमालेभित्र छलफल
हुँदैन । ओली आफूलाई
ठीक लागेको धारणा सार्वजनिक मञ्चमा राख्छन् । त्यसपछि ओलीको
निजी धारणा एमालेको आधिकारिक धारणा बन्छ ।
एमालेमा
ओलीको प्रतिवाद गर्दै ल्याकत कुनै नेतासँग देखिन्न । ओलीको आलोचना
गर्नेहरू एक–एक गर्दै
सजायको भागिदार बन्दै गएपछि सबै तै चुम
मै चुप छन् ।
एमालेमा ओलीको आलोचना गर्नसक्ने दुई पात्र हुन्–
भीम रावल र घनश्याम
भुसाल । दुई मध्ये
टिकट खोसेर ओलीले घनश्यामलाई पाखा लगाइसके, रावललाई
पनि टिकट खोसेरै ठेगान
लगाए ।
यसरी
हेर्दा ओली एमालेको नेतृत्वमा
रहँदासम्म अन्य नेताले टाउको
उठाउन पनि पाउने देखिन्न । ओलीले ‘ठीक
गरे पनि ठीक, बेठिक
गरे पनि ठीक’ भन्ने
परिस्थिति बनेको छ ।
एमाले
पार्टीलाई अध्यक्ष ओलीले निरङ्कुश ढंगले चलाएका छन् । प्रतिवाद
गर्ने नभएपछि उनका हरेक गतिविधि
मनमोजी छ । यो एमालेका
लागि मात्र नभएर देशकै लागि
खतरा हुनसक्छ । प्रधानमन्त्री हुँदा
ओलीले चालेको असंवैधानिक कदम तत्कालीन नेकपाको
निर्णय थिएन । एमाले खेमाको
पनि निर्णय थिएन । ओली एक्लैले
संसद् विघटन गर्ने निर्णय गरेका थिए । ओलीले सनकको
भरमा गरेको निर्णयले नेकपा मात्र विभाजन गरेन, एमाले मात्र विभाजन भएन, देश नै
संकटमा फस्यो, संविधान र व्यवस्था माथि
नै खतरा उत्पन्न भयो ।
एमालेमा
ओलीले अहिले पाएकाले असीमित र अकाट्य सुविधाले
ओलीलाई झनै निरङ्कुशतातर्फ धकेल्दै
लगेको छ । ओलीमा घमण्डको
मात्रा धेरै नै बढिसक्यो । पछिल्लो उदारण–
टिकट वितरणले देखाएको छ ।
ओली
यसरी नै निरंकुश बन्दै
जाने हो भने एमालेको
भविष्य मात्र संकटमा पर्दैन, देश नै संकटमा
पर्न सक्छ । कथंकदाचित आगामी
निर्वाचनबाट एमाले सबैभन्दा ठूलो पार्टी हुनु,
ओली पुनः प्रधानमन्त्री बन्नु
र यस्तै मनलाग्दी गर्दै जाने हो भने
परिस्थिति अर्कै बन्छ ।
ओलीले पछिल्लो समय नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजेन्द्र लिङदेनको राप्रपासँग गठबन्धन गर्नु र कमल थापालाई सूर्य चिन्हबाट उम्मेदवार बनाउनुले कतै नेपाललाई हिन्दू राष्ट्रतिर उन्मुख