व्यक्तिको कब्जामा एमाले

23.1k Shares

काठमाडौं । नेकपा एमाले बहुपदीय प्रणाली अवलम्बन गरेको पार्टी भए पनि व्यक्ति कब्जामा रहेको टिप्पणी हुन थालेको छ ।

बहुपदीय प्रणाली अवलम्बन गरेको भए पनि निर्णय गर्ने सम्पूर्ण अधिकार भने अध्यक्ष केपी शर्मा ओलीले एक्कलरुपमा गरेको पाइएपछि त्यस्तो टिप्पणी हुन थालेको हो ।

एमालेको १०औं महाधिवेशनले २४३ सदस्यीय केन्द्रीय कमिटी चयन गरेको छ । त्यसपछि पनि विभिन्न संरचनाहरू बनेका छन् । ओलीको नेतृत्वमा १९ सदस्यीय सचिवालय गठन गरिएको छ भने अध्यक्ष ओलीकै नेतृत्वमा ४५ सदस्यीय स्थायी कमिटी र ९८ सदस्यीय पोलिटब्युरो गठन गरिएको छ । महासचिव शंकर पोखरेलको नेतृत्वमा ११ सदस्यीय कार्यालय पनि गठन गरिएको छ ।

पार्टी सञ्चालनका लागि एमाले केन्द्रीय कमिटीसँग मात्र पाँच वटा संरचना छ । तर, सम्पूर्ण काम अध्यक्ष ओली एक्लैको निर्णयमा हुँदै आएका छन् । अन्य नेता ओलीको अराउ खटाउमा दिन बिताउँदै आएका छन् ।

बहुपदीय संरचना सामूहिकतामा आधारित हुन्छ । नीति तथा कार्यक्रम सामूहिकतामा तय हुन्छ । कार्यान्वयन पनि सामूहिकतामै हुन्छ । अध्यक्षले त्यसको समग्र नेतृत्व गर्छन् । तर, एमालेमा त्यस्तो छैन । एमालेको पदाधिकारी बैठक आक्कलझुक्कल मात्र बस्छ । स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय कमिटी नामको मात्र संरचना हो । एमालेको बैठक बस्ने भनेकै सचिवालयको हो । एमालेको सचिवालय बैठक बाक्लै बस्छ । र, पार्टीले गर्नुपर्ने सम्पूर्ण काम सचिवालय बैठकले नै तय गर्छ । तर, निर्णय गर्ने अधिकार भने सचिवालय बैठकबाट पनि अध्यक्ष ओलीले एक्लै गर्ने गरेको पार्टीभित्रै गुनासाहरु देखिन थालेका छन् ।

सचिवालय बैठकमा प्रस्तुत एजेण्डाहरूमा खासै छलफल हुँदैन । ओलीले ब्रिफिङ गरेर विषय प्रवेश गराउँछन् । अध्यक्ष ओलीले अधिकांश एजेन्डाहरूमाथि छलफल नै नगरी निर्णय सुनाउने गरेका छन् । केही जटिल विषयहरूमा सामान्य छलफल हुन्छ । त्यसपछि महासचिव शंकर पोखरेल बोल्छन्– ‘बाँकी विषयको निर्णय गर्ने अधिकार अध्यक्ष कमरेडलाई दिउँ ।’

महासचिवले अधिकार अध्यक्षलाई दिउँ भनेपछि अरुले हुँदैन भन्ने कुरा रहँदैन । हुँदैन भन्दा अध्यक्षलाई अविश्वास गरेको ठहर हुन्छ । र, सहजै सबै अधिकार अध्यक्षमा केन्द्रित हुन्छ । त्यसपछि ओली निर्णय गर्छन् ।

त्यस्तै, सचिवालयबाट अधिकार लिएपछि अर्को बैठक अध्यक्ष ओलीले बोलाउँछन् । उक्त बैठकमा महासचिव पोखरेल र उपमहासचिव विष्णु रिमाल मात्र हुन्छन् । ओली, पोखरेल र रिमाल सम्मिलित बैठकले गरेका निर्णयहरू नै आजसम्म एमालेको अन्तिम निर्णय हुने गरेका छन् ।

यी तीन जनाको सबैजसो बैठक ओली निवास बालकोटमा बस्ने गरेको छ । उक्त बैठक अति गोप्य हुने गरेको छ । त्यो बैठकमा पार्टीका अन्य नेतालाई सहभागी हुने अधिकार छैन ।

ओलीको विश्वासपात्रका रुपमा पोखरेल र रिमाल रहेका छन् । दशौं महाधिवेशनपछि बनेको कमिटीमा अध्यक्ष ओलीले विश्वास गरेका दुई पात्र महासचिव पोखरेल र उपमहासचिव रिमाल मात्र हुन् । तीन सदस्यीय टिममा पनि ओलीले महासचिवको केही कुरा सुन्छन् । उपमहासचिव रिमालको कुरा खासै सुन्दैनन् । रिमालको काम ओलीले बोलेका कुरा टिपोट गर्ने र टाइप गर्ने मात्र हो ।

ओलीले रिमाललाई पहिलेदेखि नै विश्वास गर्दै आएका छन् । प्रधानमन्त्री हुँदा आफैसँग राखेर काम गराएका थिए । रिमालबाट विश्वासघात हुँदैन भन्ने विश्वासका साथ ओलीले रिमाललाई प्रयोग गर्दै आएका हुन् ।

ओलीको कार्यशैलीले ‘ओली भनेकै एमाले, एमाले भनेकै ओली’ भन्ने भास्य स्थापित भएको छ । अरू, नेतृत्व थपना जस्तै भएका छन् । सार्वजनिक महत्वका अति संवेदनशील विषयमा समेत एमालेभित्र छलफल हुँदैन । ओली आफूलाई ठीक लागेको धारणा सार्वजनिक मञ्चमा राख्छन् । त्यसपछि ओलीको निजी धारणा एमालेको आधिकारिक धारणा बन्छ ।

एमालेमा ओलीको प्रतिवाद गर्दै ल्याकत कुनै नेतासँग देखिन्न । ओलीको आलोचना गर्नेहरू एक–एक गर्दै सजायको भागिदार बन्दै गएपछि सबै तै चुम मै चुप छन् । एमालेमा ओलीको आलोचना गर्नसक्ने दुई पात्र हुन्– भीम रावल र घनश्याम भुसाल । दुई मध्ये टिकट खोसेर ओलीले घनश्यामलाई पाखा लगाइसके, रावललाई पनि टिकट खोसेरै ठेगान लगाए ।

यसरी हेर्दा ओली एमालेको नेतृत्वमा रहँदासम्म अन्य नेताले टाउको उठाउन पनि पाउने देखिन्न । ओलीले ‘ठीक गरे पनि ठीक, बेठिक गरे पनि ठीक’ भन्ने परिस्थिति बनेको छ ।

एमाले पार्टीलाई अध्यक्ष ओलीले निरङ्कुश ढंगले चलाएका छन् ।  प्रतिवाद गर्ने नभएपछि उनका हरेक गतिविधि मनमोजी छ । यो एमालेका लागि मात्र नभएर देशकै लागि खतरा हुनसक्छ । प्रधानमन्त्री हुँदा ओलीले चालेको असंवैधानिक कदम तत्कालीन नेकपाको निर्णय थिएन । एमाले खेमाको पनि निर्णय थिएन । ओली एक्लैले संसद् विघटन गर्ने निर्णय गरेका थिए । ओलीले सनकको भरमा गरेको निर्णयले नेकपा मात्र विभाजन गरेन, एमाले मात्र विभाजन भएन, देश नै संकटमा फस्यो, संविधान र व्यवस्था माथि नै खतरा उत्पन्न भयो ।

एमालेमा ओलीले अहिले पाएकाले असीमित र अकाट्य सुविधाले ओलीलाई झनै निरङ्कुशतातर्फ धकेल्दै लगेको छ । ओलीमा घमण्डको मात्रा धेरै नै बढिसक्यो । पछिल्लो उदारण– टिकट वितरणले देखाएको छ ।

ओली यसरी नै निरंकुश बन्दै जाने हो भने एमालेको भविष्य मात्र संकटमा पर्दैन, देश नै संकटमा पर्न सक्छ । कथंकदाचित आगामी निर्वाचनबाट एमाले सबैभन्दा ठूलो पार्टी हुनु, ओली पुनः प्रधानमन्त्री बन्नु र यस्तै मनलाग्दी गर्दै जाने हो भने परिस्थिति अर्कै बन्छ ।

ओलीले पछिल्लो समय नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजेन्द्र लिङदेनको राप्रपासँग गठबन्धन गर्नु र कमल थापालाई सूर्य चिन्हबाट उम्मेदवार बनाउनुले कतै नेपाललाई हिन्दू राष्ट्रतिर उन्मुख

सम्बन्धित समाचार