सन्दीप लामिछानेबिरुद्ध आज अदालतमा अभियोजन पत्र दर्ता गरिदै

21.9k Shares

काठमाडौं, १४ कात्तिक क्रिकेटर सन्दीप लामिछाने विरुद्ध आज काठमाडौं जिल्ला अदालतमा अभियोजन पत्र दायर गरिने भएको

नाबालिग बलात्कारको आरोप लागेका लामिछानेलाई जिल्ला सरकारी वकिलको कार्यालयले प्रहरी वृत्त गौशालाको अनुसन्धान प्रतिवेदनका आधारमा अभियोजनपत्र दायर गर्न लागेको हो

१० देखि १२ वर्षसम्म कैद सजाय माग गर्दै अभियोजन पत्र दायर गरिन लागेको काठमाडौं प्रहरी परिसरले जनाएको

मुलुकी अपराध संहिता, २०७४ मा १८ वर्षभन्दा कम उमेरको करणी मुद्दामा परिस्थिति हेरेर १० देखि १२ वर्षसम्मको कैद हुने व्यवस्था यसबाहेक पीडितलाई उचित क्षतिपूर्तिको माग पनि गरिने भएको

अभियोजनपत्र दायर पछि अदालतमा सन्दीपको बयान थुनछेक बहस हुनेछ त्यसपछि अदालतले उनलाई तारेखमा छाड्ने वा पुर्पक्षका लागि जेल पठाउने भन्नेबारे आदेश दिनेछ

सम्बन्धित समाचार