डा.
ललित कुमार यादव, मृगौला रोग तथा प्रत्यारोपण
वरिष्ठ विशेषज्ञ, सुमेरु अस्पताल, धापाखेल
० मृगौला कस्तो खाले अंग हो
? यसले के काम गर्छ
?
मृगौला
मानव शरीरको लागि अतिआवश्यक अंगको
रुपमा लिइन्छ । मृगौलाले हाम्रो
शरीरमा भएको रगतलाई शुद्धिकरण
गर्ने काम गर्नुको साथै
धेरै फङ्सनहरु जस्तो रगत बनाउने, रगतमा
भएको एसिडलाई व्यालेन्स गर्ने, क्याल्सियम, भिटामिन डी र फस्फोरस
जस्ता तत्वहरुको मेटाबोलिजमहरुमा यसले महत्वपूर्ण भूमिका
खेल्ने गर्छ । मृगौलाको मुख्य
काम भनेको रगत शुद्धिकरण गर्नु
नै हो । हामीले दैनिक
खानपिनदेखि लिएर हामीले गर्ने
गतिविधिबाट निस्किएको फोहोर पदार्थहरु रगतमा आउने गर्छ त्यसलाई
छानेर चाहिने पदार्थहरु शरीरमा राख्छ र नचाहिने विषाक्त
पदार्थ पिसावमार्फत शरीरबाट बाहिर फाल्ने काम गर्छ ।
० मृगौलालाई स्वस्थ राख्न के गर्नुपर्छ ?
मृगौलालाई
स्वस्थ राख्न अहिलेको समयमा धेरै नै च्यालेन्जिङ
छ । हामीले जुन
लाइफस्टाइल अहिले एडप गरेका छौं
त्यो नै मृगौलालाई स्वस्थ
राख्नको लागि ठूलो बाधा
हो । पहिला हामीले
घरमा दैनिक प्रयोग गर्ने पानी धाराबाट सिधै
खाने गथ्र्यौं र एक दुई
घन्टामात्र बासी भयो भने
त्यसलाई फालिदिन्थ्यौं । तर, अहिले
त्यही पानी जारमा हप्तादेखि
महिनौं दिनसम्म पनि राखेर पिउने
गर्छौं । अर्को
भनेको हामीले दैनिक ताजा अर्गानिक खानेकुराहरु
खान्थ्र्यौं भने अहिले त्यही
खानेकुराहरु हप्तौदिनसम्म प्याकेटमा राखेर खानुका साथै त्यसलाई स्वादिस्ट
पार्नका लागि विभिन्न केमिकलहरु
प्रयोग गरेर खाने गरेका
छौं । अर्को भनेको
सुगर, प्रेसर, मुटुको समस्या, पत्थरी, डाक्टरको सल्लाहबेगर जथाभावी औषधी प्रयोग गर्नु,
पानी कम पिउनु, मानसिक
तनाव आदि इत्यादिका कारण
मृगौलालाई असर पार्ने गरेको
छ । हाम्रो शरीरको
एक अंग अर्को अंगमाथि
कुनै न कुनै रुपमा
आश्रित हुन्छन् । एक अंग
विग्रिएको अवस्थामा अर्को अंगलाई पनि असर गर्न
जान्छ । मृगौलालाई स्वस्थ
राख्नको लागि सफा र
स्वस्थबद्धक खानेकुराहरु खानुपर्छ । खानेकुरा खाँदा
ब्यालेन्समा खाने गर्नुपर्छ ।
कार्वोहाइड्रेड, प्रोटिन, फ्याट र मिनरल्स तथा
भिटामिनको उपयुक्त मात्रा मिलाएर खानुपर्छ । स्वस्थ पानी
धेरै पिउने बानी बसाल्नुपर्छ ।
खास गरी गर्मीयाममा पानी
धेरै खानुपर्ने हुन्छ । धेरै मानसिक
तनाव लिनु भएन, बेलाबेलामा
मृगौला कस्तो अवस्थामा छ भनेर रगत,
पिसाव जाँचका साथै पेटको अल्टा«साउण्ड गर्नुपर्छ । त्यस्तै,
सुगर, प्रेसर, युरिक ऐसिड, शरीरमा चिल्लोपन कत्तिको छ ती सबै
जाँच गरिरहनुपर्ने हुन्छ । यो एउटा
मृगौलालाई स्वस्थ राख्ने उपायहरु हुन् ।
० मृगौलामा समस्या भएको कसरी थाहा
पाउने ?
मृगौलाको
सबैभन्दा ठूलो बिडम्बना के
हो भने पत्तै नभई
मृगौला बिग्रिएर अन्तिम अवस्थामा पुगिसकेको हुन्छ । मृगौला बिग्रिएको
चौथो या पाँचौ स्टेजमा
पुगेपछि मात्र मानिसमा त्यसका लक्षणहरु देखा पर्न थाल्छन् । त्यसपछिको स्टेज
भनेको डायलासिस वा प्रत्यारोपण नै
हो । शरीर कम्जोर
हुँदै जाने, वान्ता आउने, सास फेर्न गाह्रो
हुने, थकाई लाग्ने, शरीर
सुन्निने, पिसाव कम लाग्ने, चिटचिटाहट
हुने, शरीर कालो हुँदै
जाने यी लक्षणहरु मृगौला
बिग्रिसकेपछिको लक्षण हो ।
० मृगौला बिग्रने मुख्य कारण के होला
?
मृगौला
बिग्रने मुख्य कारण भनेको अहिले
विश्वव्यापी रुपमा हेर्ने हो भने सुगर,
प्रेसर, मुटुको समस्या, पत्थरी, ग्लोमेरुलो नेफ्राइटिस, भास्कुलाइटिस, पेनकिलरको
सेवनले पनि मृगौला बिग्रन
सक्ने धेरै सम्भावना रहन्छ । मृगौला आफ्नो
स्वयम्को रोगले भन्दा पनि अन्य सिस्टमको
रोगका कारणले गर्दा बढी खराप भएको
पाइएको छ ।
० कति प्रतिशत मृगौला
बिग्रेको अवस्थामा सामान्य औषधी उपचार गर्दा
ठिक हुन्छ ?
मृगौला
खराब भएको प्रारम्भिक अवस्थामा
थाहा पाइएमा उपचार गर्न सकिन्छ या
उपचार गर्दा ठिक हुनसक्छ । कतिपय
अवस्थामा ठिक नभए पनि
कन्ट्रोल गरेर त्यही अवस्थामा
राख्न सकिन्छ । जस्तै सुगर
कन्ट्रोल गरेर राखियो भने
धेरै वर्षसम्म मृगौलालाई स्वस्थ राख्न सकिन्छ । प्रेसर र
मुटुको समस्या पनि त्यस्तै हो । मृगौलामा पत्थरी
छ भने बेलैमा उपचार
गरियो भने मृगौला बिग्रनबाट
बच्छ । मृगौला बिग्रिएर
अन्तिम अवस्थामा पुगेको छ भने त्यसलाई
डायलासिस गरी रगत सुद्धिकरण
गरेर धेरै वर्षसम्म ज्यान
बचाउन सकिन्छ । मृगौला आकस्मिक
रुपमा खराव भएको छ
भने त्यसलाई एक्युट किड्नी इन्जुरी भनिन्छ । जसलाई समयमै
उपचार गर्दा दिगो रुपमा ठिक
पार्न सकिन्छ । तर, समयमा
उपचार गरिएन भने दिगो रुपमा
मृगौला खराव हुनजान्छ र
पछि डायलासिस वा प्रत्यारोपण नै
गर्नुपर्ने अवस्था आउँछ ।
० मृगौला पूर्णरुपमा बिग्रिएको अवस्थामा डायलासिसबाट ठिक पार्न सकिन्छ
?
सकिँदैन
। डायलासिस भनेको रगत शुद्धिकरण गर्ने
प्रक्रिया मात्रै हो । यसले
जिवनयापन सहजरुपमा पारेर आयु लम्ब्याउने माध्यम
मात्रै हो । तर
आकस्मिक एक्युट किड्नी इन्जुरी भएको अवस्थामा सर्पोटको
लागि केही समय डायलासिस
गर्नुपर्ने हुन्छ । मृगौला ठिक
भएपछि डायलासिसको आवश्यकता पर्दैन ।
० पूर्णरुपमा मृगौला बिग्रिसकेको अवस्थामा डायलासिस ठिक की प्रत्यारोपण
गर्दा ठिक हुन्छ ?
मृगौला पूर्णरुपमा बिग्रिसकेको अवस्थामा दुईवटा पद्धती छ एउटा डायलासिस र अर्को मृगौला प्रत्यारोपण । डायलासिसमा पनि दुईवटा पद्धती छ एउटा मेशिनमार्फत रगतलाई शुद्धिकरण (Hemodialysis) गर्ने र अर्को पेटमा पानी राख्ने निकाल्ने प्रक्रिया (CAPD) गर्ने गरिन्छ । पेटबाट गर्ने डायलासिस प्रक्रिया (CAPD) मेशिनबाट गर्ने डायलासिस (Hemodialysis) भन्दा फाइदाजनक छ । आर्थिक हिसावले हेर्ने हो भने पनि यो निकै कम खर्चमा गर्न सकिन्छ । किनकी नेपाल सरकारले CAPD को लागि पानी निःशुल्करुपमा उपलब्ध गराइदिएको छ । तर, डायलासिस गर्नुभन्दा मृगौला दान गर्ने व्यक्ति पाइयो र मृगौला रोगीको शारीरिक अवस्था ठिक छ भने प्रत्यारोपण गर्नु उपयुक्त हो । मृगौला प्रत्यारोपण गरेका व्यक्तिहरुले अन्य मानिसको जस्तो सामान्य