पशुपतिमा तीजको रौनक, चारै ढोका खुला

20k Shares

काठमाडौं, १४ भदौ हिन्दु नारीहरुको महान पर्व तीजको रौनक सबैभन्दा बढी यतिखेर पशुपतिनाथमा देखिएको हजारौँको संख्यामा पशुपतिनाथको दर्शन गर्न आएका महिलाहरु पुजापाठसंगै नाचगान गरेर रमाइरहेका छन्

भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका तीज पर्वका अवसरमा दर्शनार्थीले छिटोभन्दा छिटो पशुपतिनाथ मन्दिरमा दर्शन गर्न सकून् भन्ने उद्देश्यले बिहान तीन बजेदेखि नै पशुपतिनाथ मन्दिरका चारै ढोका खोलिएको मन्दिरका चार ढोका बेलुकी आठ बजेसम्म खुला गरिनेछ रातो, हरियो पहेँलो पहिरनमा सजिएका महिला भक्तजनको पशुपति क्षेत्रमा अत्यधिक भीड लागेको

पूजा एवं दर्शन गर्न आउने भक्तजनका लागि तीन मार्गको व्यवस्था गरिएको मित्रपार्कगौरीघाटदक्षिणामूर्तिरुद्रगाडेश्वरवासुकी हुँदै उत्तरढोकाबाट मन्दिर प्रवेश गरी रुद्रगाडेश्वर नयाँ फलामे ¥याङ हुँदै कैलाश दक्षिण जुत्ता चप्पल कक्षबाट फर्कने व्यवस्था मिलाइएको

जयवागेश्वरीभुवनेश्वरीशङ्कराचार्यमठ दक्षिण हुँदै फलामेपुल पश्चिम सानो ढोकाबाट मन्दिर प्रवेश गरी पश्चिम मूल ढोकाबाट बाहिरिने व्यवस्था गरिएको यसैगरी तेस्रो मार्ग वनकालीचारशिवालयपञ्चदेवलपूर्वबज्रघरदक्षिणढोका हुँदै चौँसठ्ठी लिङ्गको सानोढोकाबाट मन्दिर प्रवेश गरी दक्षिणढोकाबाट बाहिरिने व्यवस्था गरिएको

भक्तजन लाममा बसेको आधा घण्टादेखि एक घण्टामा मूल मन्दिर प्रवेश गरी भगवान् उमामहेश्वरको दर्शन गरेर फर्कन सक्ने व्यवस्था मिलाइएको

सम्बन्धित समाचार