कोरोना संक्रमणबाट थप १५ जनाको मृत्यु, मृतकको संख्या ३६० पुग्‍यो

16.2k Shares

काठमाडौं । नोभेल कोरोना भाइरसको संक्रमणबाट थप १५ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथ जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर १५ जना कोरोना संक्रमितको मृत्यु भएको हो । शनिबार एकैदिन देशभर १४ जना कोरोना संक्रमितको मृत्यु भएको थियो । त्यसैगरी आइतबार कोरोना संक्रमणबाट देशभर ९ जनाको मृत्यु भएको थियो । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३६० पुगेको छ । 

सम्बन्धित समाचार