निवर्तमान अर्थमन्त्री शर्मामाथिको छानबिन समितिको म्याद ७ दिन थपियो

17.1k Shares

काठमाडौं, ५ साउन । अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न गठित संसदीय विशेष समितिको म्याद ७ दिन थपिएको छ ।
आर्थिक वर्ष २०७९–८० को बजेट निर्माणका क्रममा अनधिकृत व्यक्ति प्रवेश गराएको आरोप लागेपछि प्रतिनिधिसभाले छानबिनका लागि विशेष समिति गठन गरेको हो । सुरुमा १० दिनको समय पाएको समितिले काम नसकेपछि पुनः ७ दिन थप भएको हो ।

सम्बन्धित समाचार