15.6k
Shares
अस्पतालका अनुसार नवलपरासीको गैंडाकोट नगरपालिका-९ का ६२ वर्षीया महिलाको मृत्यु भएको हो। ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या देखिएपछि उनी यही भदौ १५ गते अस्पतालमा भर्ना भएकी थिइन् भने उनमा १७ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।
त्यसपछि कोभिड सघन उपचार कक्षमा राखिएकी उनको उपचारका क्रममा आइतबार राति ११:३० मा मृत्यु भएको अस्पतालका निर्देशक डा. दयाराम लम्सालले जानकारी दिए ।
हालसम्म जिल्लाका अस्पतालमा उपचारका क्रममा कोरोनाबाट मृत्यु हुनेको संख्या २७ पुगेको छ। दुई वृद्धाको घरमै मृत्यु भएको थियो ।
चितवनका १७, मकवानपुरका ५, नवलपरासी सुस्तापूर्वका ४, बारा, गोरखा र कैलालीका एक/एक जनाको कोरोना संक्रमणबाट मृत्यु भएको हो । रासस