16.2k
Shares
काठमाडौं, २१ असार । एकैदिन थप ९० जनामा कोभिड १९ संक्रमण भएको छ । पछिल्लो २४ घण्टामा ३११२ जनाको नमुना स्वाब परीक्षण गरिएकोमा थप ९० जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
कोरोनाका कारण थप कसैको मृत्यु भएको छैन । आज २० जना डिस्चार्ज भएका छन् । नेपालमा अहिले सक्रिय कोरोना संक्रमितको संख्या ४०१ छ ।