मन्त्रीज्यूले हिजोसम्म भाई भनेका परपुरुष कसरी भए ‘पोइ’

18.3k Shares

काठमाडौं । दिदी र भाईबीचको सम्बन्ध हाम्रो समाजमा पवित्र हुन्छ । तर, आजकल यो शब्दको दुरुपयोग हुन थालेको छ । पवित्र सम्बन्धमा प्रयोग हुने शब्द दुरुपयोग गर्न समाजमा ठालु भनिएकाहरु नै लागेका छन् । यस्तै भएको छ लुम्बिनी प्रदेशकी राज्यमन्त्री विमला वलीबाट । उनले भाई शब्दको दुरुपयोग गरी परपुरुषसँग सम्बन्ध बनाएको धेरै अघि खुलेको थियो । तर, उनले खुलासा भएको तस्बिरबारे खण्डन गरिन् । उक्त पुरुष आफ्नो भाईको रुपमा रहेको बताइन् । 

त्यसो त बिमलालाई पति उत्तरकुमार वलीको दुर्घटनाबाट निधनपछि चुनाव जितेर सांसद बन्ने अवसर जुरेको थियो । त्यतिबेला उनी नेकपाको सूर्य चिन्हबाट दाङमा चुनाव लडेर प्रदेश सभा सांसद बनिन् । उत्तरकुमार वलीको निधनपछि विमला वलीबारे धेरै तथ्यहरु बाहिरियो । विशेषगरी लुम्बिनी प्रदेशको सरकार बनाउने र ढलाउने खेलमा उनी निर्णायक शक्ति बनिन् । कहिले एमालेमै रहेको भन्ने त कहिले माओवादीमा छु भन्ने गर्न थालिन् । 

लुम्बिनी प्रदेशका मुख्यमन्त्रीको सरकारी निवासमा बन्धक बनाइएको भन्दै सार्वजनिक रुपमा भनिन् । उनी माओवादीमा लागेर राज्यमन्त्री बन्न सफल भइन् । त्यतिबेला उनको एकजना पुरुषसँगको संवेदनशील तस्बिर बाहिरियो । ती पुरुष थिए एकराज बस्नेत । बस्नेत ठेक्कापट्टामा संलग्न थिए । दुवैबीच निकट सम्बन्ध थियो । बिमलाको एकराजसँगको चुम्बन गरिरहेको तस्बिर नै बाहिरियो । त्यसको बिमलाले खण्डन गरेर तस्बिर एडिट गरेर चरित्रहत्या गरेको दाबी गरिन् । एकराजलाई आफ्नो भाई भनिन् । अहिले आएर उनै एकराजलाई पोई भनेर विहानै घर पुगेर बबण्डर मच्चाइन् । आखिर उनले किन एकराजलाई पोई भनिन् र उनको पत्नीमाथि आक्रमण गरिन् ? प्रहरीले अनुसन्धान बढाएको छ । 

पछिल्लो समय बिमला र एकराजबीच विवाद देखिएको छ । विवादकै कारण उनी मङ्गलबार विहानै एकराजको तुल्सीपुरस्थित घरमा पुगिन् । गेटमा बेस्सरी हल्लाइन् । एकराजकी पत्नीलाई ढोका खोल्न लगाइन् । भित्र पुगेर उनले मेरो एकराज खोइ भनेको एकराजकी पत्नी मीना भण्डारीले बताएकी छिन् । 

एकराजकी ६ वषकी छोरी पनि छिन् । छोरीसमेत भएका एकराजलाई बिमलाले मेरो पोइ भनेको मीना भण्डारीले बताएकी छिन् । बिमलाले एकराजको घर पुगेर बबण्डर गर्न थालेपछि स्थानीय जम्मा भए । मीनाले हारगुहार मागेपछि बिमलालाई ढोका थुनेर राखे र प्रहरीलाई बोलाए । विहानै अर्काको घरमा पुगेर हातपात गरेपछि प्रहरीले बिमलालाई नियन्त्रणमा लिएको थियो । 


सम्बन्धित समाचार