हेटौंडामा बर्डफ्लू भेटियो, तीन हजार ४५३ कुखुरा नष्ट

17.6k Shares

बागमती, १६ वैशाख । बागमती प्रदेशको राजधानी हेटौंडाको एक कुखुरा फार्ममा बर्डफ्लू भेटिएको पुष्टि भएपछि शुक्रबार तीन हजार ४५३ कुखुरा, ५८० अण्डा र ५० केजी दाना नष्ट गरिएको छ ।

भेटनरी अस्पताल तथा पशुसेवा केन्द्र मकवानपुरका अनुसार हेटौंडा उपमहानगरपालिका–७ नागस्वतीस्थित व्यवसायी राजन खतिवडाको आदर्श कुखुरा फार्ममा बर्डफ्लू भेटिएपछि प्राविधिकसहितको टोली खटाएर उक्त परिमाणको कुखुरा, अण्डा र दाना नष्ट गरिएको हो ।

सम्बन्धित समाचार