सुर्खेत, ५ वैशाख । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा सुर्खेत उद्योग वाणिज्य संघको मतगणना जारी छ । अहिलेसम्म कुल ६ सय मतगणनामा अध्यक्ष पदका उम्मेदवार लक्ष्मण कँडेलको अग्रता छ ।
अध्यक्षका अर्का उम्मेदवार हर्षविक्रम खड्काले भने मतान्तर घटाउँदै गएका छन् । पछिल्लो मतपरिणामअनुसार कँडेलले ३०५ मत ल्याउँदा खड्काले २८५ मत प्राप्त गरेका छन् । ३७ मतान्तर रहेकोमा अहिले कँडेल र खड्काको मतान्तर २० छ ।
निर्वाचन समितिका अनुसार मतगणना प्रक्रिया सोमबार बिहानदेखि नै जारी छ । सुर्खेत उद्योग वाणिज्य संघको नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा जम्मा २०५८ जना मतदाता थिए भने १८२४ मत खसेको थियो । संघको १३औं कार्यसमितिका लागि संघको नयाँ नेतृत्वका लागि आइतबार निर्वाचन भएको हो ।
कसकाे कति ?