गोसाइकुण्ड गाउँपालिका कोभिड १९ विरुद्धको पूर्ण खोपयुक्त पालिका

20.3k Shares

रसुवा, २२ चैत । गोसाइकुण्ड गाउँपालिकालाई कोभिड १९ विरुद्धको पूर्ण खोपयुक्त गाउँपालिका घोषणा गरिएको छ । सोमबार गाउँकार्यपालिकाको कार्यालय स्याफ्रुबेँशीमा आयाेजित कार्यक्रममा गाउँपालिकालाई कोभिड-१९ विरुद्धको पूर्ण खोपयुक्त गाउँपालिका घोषणा गरिएको हो । 

गाउँपालिकाका अध्यक्ष कैसाङनुर्पू तामाङले पहिलाे पूर्ण खोप सुनिश्चित गाउँपालिका घोषणा गरेको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख विमल घिमिरेले बताए ।  

गाउँपालिकाको आठ हजार ४३ कुल जनसंख्या १२ वर्ष उमेर पुगेका सम्पूर्ण नागरिकले कोभिड १९ विरुद्धको दुई डोज खोप प्राप्त गरेको उनले बताए ।

सम्बन्धित समाचार