ललितपुर । गोदावरी नगरपालिकाको छैटौँ स्थापना दिवस एवं नवनिर्मित प्रशासनिक भवन प्रधानमन्त्री शेरबहादुर देउवाले आज शुक्रबार उद्घाटन गरेका थिए ।
नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले भौगोलिक रुपमा नगरपालिका उपत्यकाको ठूलो रहेको जानकारी गराए । सातदोबाटो–चापागाउँका साथै सातदोबाटो–हरिसिद्धिको सडकसमेत २२ मिटर विस्तारका लागि सम्बन्धित व्यक्तिलाई यथाशीघ्र मुआब्जा उपलब्ध गराइदिन सरकार प्रमुखसँग आग्रह गरेका र्थि ।
उपप्रमुख मुना अधिकारीले अब आफूहरुले एकै भवनबाट सबै सेवा दिन सफल भएकोमा खुसी व्यक्त गरिन् । उक्त कार्यक्रममा १४ वडाअध्यक्षलगायत कार्यापालिका सदस्य र कर्मचारीलाई सम्मान गरिएको थियो । सात तले अत्याधुनिक साथै मौलिक तथा कलात्मक ढङ्गले निर्माण सम्पन्न भएको भवन निर्माणका लागि वज्रवाराही माविले जग्गा उपलब्ध गराएको थियो । भवन निर्माणका लागि हालसम्म लगभग २५ करोड रकम खर्च भइसकेको नगरपालिकाका प्रवक्ता मिलन सिलवालले जानकारी गराएका छन् ।