16.5k
Shares
तेह्रथुम, २३ फागुन । चर्चित गायिका मेलिना राई र गायक मिलन लावतीको स्वरमा रहेको लिम्बू भाषाकाे भुईसोरी सेवारो गीत सार्वजनिक गर्ने तयारी भएको छ ।
गीतमा दिपेन सेनेहाङ र मञ्जु साम्बाको अभिनय रहेकाे छ । सेनेहाङले यसअघि कान्छी राम्रीमा समेत अभिनय गरिसकेका छन् ।
उजाड योङहाङ (गैरीगाउँको ठूले) को निर्देशन रहेको गीतको छायांकन र सम्पादन समिर सोदेम्बाले गरेका छन् ।
लिम्बू कला, संस्कृति, परम्परा, पहिरनका साथै पहिचानलाई विशेष प्राथमिकतामा राखिएको गीत शुक्रबार सार्वजनिक गर्ने तयारी भएको दिपेन सेनेहाङले बताए । पूर्वेली भाकामा रहेको गीतमा मिलन लावतीको शब्द तथा संगीत छ । गीतकाे दोहा कतारको विभिन्न ठाउँमा छायांकन गरिएको छ ।