नेपालगन्ज । सामान्यतया प्रत्येक आर्थिक बर्ष शुरु भए लगत्तै प्रायः श्रावणदेखि भाद्र महिनासम्म निजामती तथा सुरक्षा निकायका कार्यालय प्रमुखहरु सरुवा हुने गर्छ ।
तर यो बर्ष आर्थिक लेनदेन र राजनीतिक आडको कारण झण्डै सत्र महिना पछि धेरै रस्साकसीका बाबजुद सशस्त्र प्रहरी बल मुख्यालय हल्चोकले महिना दिन अगाडि मात्रै करिब ३० जना जति एसपी अर्थात् कार्यालय प्रमुखको काज सरुवा निकाले पछि अहिले बाके जिल्लाको कमान्ड एसपी जनक बस्नेतले सम्हालेका छन् । उनी निकै भद्र शालिन र मिजासिलो स्वभावका छन् । उनी बाके जिल्लामा आए लगत्तै आफ्नो बाउले द्वन्दकालिन समयमा सतबरिया रहँदा संगठनले सुम्पियको जिम्मेवारी पूरा गर्ने क्रममा तत्कालीन माओवादीले सतबरिया ब्यारेक आक्रमण गर्दा दोहोरो भिडन्तमा परि बिरगती प्राप्त गरेकोले संगठनले आफुलाई उच्च प्रशंसा गर्दै न्याय गरेको हुँदा मैले यस जिल्लामा रहँदा अपराध र तस्करी नियन्त्रणका साथै शान्ति सुरक्षामा कसैसँग पनि मोलमोलाई नगर्ने भन्दै कडा निर्देशन दिएका छन् । निर्देशन दिए लगत्तै अहिले बाकेका भित्री नाकाहरुबाट चोरी तस्करी घटे पनि प्रमुख नाका जमुनाह र बढैया नाकाबाट भने गोप्य रुपमा घुमुवाहरु र हाकिमको मिलेमतोमा ठूलो मात्रामा तस्करी सुचारु भएको खबर प्राप्त हुन आएको छ । जमुनाह नाकामा करिब अठार महिना जति बसेका सशस्त्र प्रहरी निरीक्षक जिबनलाल बुढा मेरो सिधै डिआईजीदेखि माथि सबैसँंग राम्रो सम्बन्ध भएकोले आफुलाई जो एसपी आए पनि केही गर्न नसक्ने भन्दै फाई फुर्ती लाउँदै घुमुवाहरुलाई तस्करी गराउन आदेस दिन्छन् ।
अर्का बढैया नाकामा कार्यरत इन्सपेक्टर भान बहादुर कार्की आफू नेपालगंजमा लामो समय बसिसकेकोले पत्रकारको जिम्मा सबै मिलाई हाल्छु भन्दै तस्कर फकाउन आफै घर घरमा जाने गरेको खबर प्राप्त भएको छ । यी दुबै जनाको मिलेमतोमा गत दुई हप्ता पहिला मात्रै भारतबाट ठुलो मात्रामा नेपाल भित्रिएको दस किलो चादी एसपी जनक बस्नेतका घुमुवा असई तिर्थ भाटले समाएपछि दुई चार दिन रोकिएको तस्करी आफू यहि महिनामा सरुवा हुने भन्दै इन्सपेक्टर जीवन लाल बुढाले एसपी बिदामा बसेको मौका छोपेर पुनः तस्करी शुरु गराएको खबर छ ।
घुमुवाहरुले तस्करी गराए बापत तस्करीहरुसँग मासिक दस लाख जति रकम उठाई रहेको सुचना नाम नबताउने सर्तमा हामीलाई जमुनाहकै एक सशस्त्र प्रहरी कर्मचारीले बताएका हुन् । हाल बाके बर्दिया जिल्ला हेर्ने गरेका सई योगेन्द्र शाही र सहायक हवल्दार भरत थापा क्षेत्रिय घुमुवा खटिएका छन् भने जमुनाह नाका नेपालगंजमा सशस्त्र प्रहरी हवल्दार टिका बराल र सहायक हवल्दार रुद्र शाही घुमुवा रहेका छन् । बढैया नाकामा लामो समयदेखि सहायक हवल्दार सुर्य थापा खटिएका छन् । यिनीहरु सबैको दरबन्दी अन्यत्र भए पनि हाकिमलाई पैसा बुझाएकै भरमा लामो समयसम्म दरबन्दी नगई भन्सारमा बसेर तस्कर र सर्बसाधारण ब्यक्तिलाई दुःख दिई पैसा असुली बिलासिताको जीवन बिताईरहेका छन् । अहिले बांकेको जमुनाह भन्सार र बढैया नाकाबाट ठुलो मात्रामा माछा, कुखुरा, हार्डवेयर, कपडा इलोक्ट्रोसियनका सामानका साथै महंगो कस्मेटिक र खसी तथा रागाको तस्करी व्यापक रुपमा बढीरहेको खबर छ । यहाँबाट तस्करी गर्ने मुख्य व्यक्तिहरूमा मोनु राई, झांकी, मन्सुर, सुखा आलम , सफिक, सद्दाम, इरफान, कलिम, आरिफ, नन्कु साहु, अखार अली, मन्जु, विना, ललिता, सुशीला, गुड्डी, हिसाद, पप्पु , सन्दिप, सानू, गुडु, रहिस, भल्लर, वन्टी, सविर, रन्जिता, आशा, तारा, अर्चना, मिरा, प्रमोद, सतिस, इम्रान, सम्सुद्दीन, नसुरूद्दीन, देवीप्रसाद बानियां, बडको यादव, इशाक बाबा, आसिफ अलि, आलम, पिन्टु साहु, सोनी, हासिम, श्याम पण्डित, बिष्णु, मुन्नीलाल र दिनेश गुडियालगायत रहेका छन् ।