ललितपुर । विश्वव्यापी माहामारीका रुपका रहेको कोरोना भाइरसका कारण दैनिक ज्यालादारी गरी मजदुरी गरेर दैनिक जिविकोपार्जन गर्ने वर्गलाई लक्षित गरी गोदावरी नगरपालिका वडा नं. १२ ठेचोस्थित टु—स्टार क्लवले आजबाट ‘फुड बैंक’ कार्यक्रम संचालन गरेको छ ।
ठेचोको साविक एकदेखि नौ वडासम्मका जग्गाजमिन नभएका स्थानीय, एकल महिला, दैनिक मजदुरी गरेर जिविकोपार्जन गर्ने वर्ग र निम्न वर्गलाई लक्षित गरी आजबाट ‘फुड बैंक’ कार्यक्रमअन्तर्गत राहत वितरण कार्य गरेकोछ ।
आज साविक वडा नं. १ का निम्न वर्ग, दैनिक ज्यालादारी गरी जिविकोपार्जन गर्ने वर्ग, एकल महिला र जग्गा जमिन नभएका झण्डै एक सय भन्दा बढी परिवारलाई राहत वितरण गरेको क्लवका पदाधिकारी राजु महर्जनले बताए ।
सो राहत वितरण कार्यमा जनप्रतिनिधि वडा सदस्य रविन्द्र महर्जन, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका पूर्व उपाध्यक्ष गंगाराम महर्जन, समाजसेवी एवम् बुद्धिजीवी नविन महर्जन, न्हुछे महर्जनलगायत स्थानीय युवाहरुले सरकारले तोकेको मापदण्ड पुरा गरी सामाजिक दुरी कायम गराई राहत वितरण कार्यमा सहयोग गरेका छन् । 
आजबाट साविक ठेचो गाविस वडा नं. १ बाट संचालन भएको राहत कार्यक्रम प्रत्येक दिन साविक १ देखि ९ वडासम्म निरन्तर राहत विरतण गर्ने क्लवका अध्यक्ष रविन्द्र महर्जनले बताएका छन् ।