काठमाडौं, फागुन ८ । अमेरिकाको स्वार्थपूर्ण अनुदान एमसीसीका कारण नेपालमा ठूलै रक्तपात मच्चिने सम्भावना बढ्दै गइरहेको छ ।
पछिल्लो समय नेपालमा अमेरिकी साम्राज्यवाद र दक्षिणी विस्तारवादले इतिहासदेखि वर्तमानसम्म नेपालको राजनीतिमा प्रत्येक्ष वा अप्रत्येक्ष हाली मुहाली जमाएको छ । हाल आएर नेपालको भुराजनितिक र राजनीतिक स्थिरताको बिच खेल खेल्न एमसीसी नामक अनुदानले रक्तपात सृजना हुँदैछ । यस विषयमा कुसल राजनितिज्ञ एवं पुर्व मन्त्रि युवराज दुलालले खुल्ला रुपमा विरोध जनाएका छन् ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का नेता तथा पूर्वमन्त्री युवराज दुलाल ‘शरद’ले अमेरिकाले नेपाली नेतामाथि धम्की दिनु अमेरिकाको बलमिच्याइ भएको बताएका छन् । उनले सामाजिक सञ्जाल फेसबुक मार्फत् आफ्नो धारण सार्वजनिक गर्दै दुलालले यस्तो बताएका हुन् ।
दुलालले एमसीसीको सवालमा नेपालमा भएको सडक संघर्षको बिषयलाई लिएर अमेरिकी राजदुत रेन्डी लबेरीले सामाजिक सञ्जाल ट्विटरमार्फत् दिएको अभिव्यक्ति नेपालको स्वाभिमानमाथिको चुनौति भएको बताएका छन् । उनले भनेका छन्, ‘विदेश मन्त्री डोनाल्ड लु ले नेपाली नेतामाथि दिएको धम्की अमेरिकाको लागि प्रजातन्त्र होला, हाम्रो लागि बल मिच्याई हो ।’ उनले राजदुतलाई सम्बोधन गर्दै भनेका छन्, ‘कृपया हामीले देशी तानाशाहलाई रगत बगाएर परास्त गरेको हो वैदेशिक तानाशाहको दासत्व स्विकार गर्न होइन ।’ यसरी शुरुदेखिनै एमसीसीको खुल्ला रुपमा विरोध गर्ने पहिलो व्यक्ति पुर्वमन्त्री दुलाल हुन् ।