एक करोड बराबरको अवैध सुन र आइफोनसहित तीनजना पक्राउ

19.5k Shares

काठमाडौं, २० माघ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थालबाट अवैध सुन र मोबाइलसहित तीनजना पक्राउ परेका छन् । विमानस्थलमा खटिएको प्रहरीले बुधबार टनेलमा चेकजाँच गर्दा ९९ लाख २९ हजार ६९८ रुपैयाँ बराबरको अवैध सुन र मोबाइलसहित तीनजनालाई पक्राउ गरेको हो ।   

उनीहरूलाई सुन र मोबाइल भन्सार छलेर लैजान लागेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।  

पक्राउ पर्नेमा रौतहट गौर नगरपालिका १० सोबगाढाका ३२ वर्षीय सुनिल कुमार शाह रहेका छन् । उनको साथबाट ६ लाख ४० हजार पर्ने चार थान आइफोन १३ प्रो र तीन लाख ९५ हजार २२५ बराबरको ५० ग्राम सुन बरामद गरिएको छ ।

त्यस्तै  मकवानपुर मनहरी ७ का २८ वर्षीय नवराज परियार १ लाख ६० हजार पर्ने आइफोन र ५० ग्राम सुनसहित पक्राउ परेका छन् ।

सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका ३ का ३९ वर्षीय दावा छिरिङ शेर्पा ८३ लाख ३९ हजार २४७ रुपैयाँ पर्ने १ हजार ५५ ग्राम सुनसहित पक्राउ परेका हुन् । 

ती सामानहरू विमानस्थल भन्सार कार्यालय गौचरमा बुझाइएको प्रहरीले जानकारी दिएको छ ।


सम्बन्धित समाचार