नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको शनिबारको प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले देशभरमा थप १ हजार ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको बताए । संक्रमित हुनेमा ३४९ महिला र ६९२ जना पुरुष रहेका छन् ।
योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या ४५ हजार २७७ पुगेको छ । प्रवक्ता गौतमका अनुसार आज देशभरमा सक्रिय संक्रमितको संख्या १७ हजार ८७० रहेको छ ।
आज १२ हजार ४७३ पीसीआर परीक्षण गरिएको थियो। मन्त्रालयका अनुसार हालसम्म पीसीआर विधिबाट ७ लाख ५७ हजार ९६३ परीक्षणहरु गरिएका छन् । पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमणबाट १ हजार ५६६ जना निको भएका छन्। आजसम्म निको हुनेको संख्या २७ हजार १२७ रहेको छ ।