विश्वकप फुटबलमा १४ देश छनोट

15.1k Shares

काठमाडौं, १४ माघ । कतारमा हुने विश्वकप फुटबलमा हालसम्म १४ देश छनोट भइसकेका छन् । गएराति इरानले इराकमाथि १० को जित निकाल्दै एशियाबाट छनोट हुने पहिलो देश बनेपछि १४ देशले कतारको टिकट निश्चित गरेका हुन् ।

अयोजकको रुपमा कतार छनोट भइसकेको छ । यूरोप र दक्षिण अमेरिकाबाट पनि केही देशहरु छनोट भइसकेका छन् ।

अफ्रिकाबाट ५, एशियाबाट ४ सिधै र १ ले प्ले अफ, यूरोपबाट १३, उत्तर अमेरिका र क्यारेबियनबाट ३ र १ प्ले अफ, ओसेनियाबाट १ प्ले अफ र दक्षिण अमेरिकाबाट ४ सिधै र एक प्ले अफ गरी कुल ३२ राष्ट्र छनोट हुने फिफाको नियम छ ।

अन्तर महादेशीय प्ले अफमा एशियाबाट पाचौं हुनेले दक्षिण अमेरिकाको पाचौं हुने टोलीसँग प्ले अफ खेल्नेछन् । दुई चरणको प्ले अफमा गोलका आधारमा छनोट हुनेछ । उत्तर अमेरिकी महादेशको चौंथो हुने देशले ओसेनियाबाट छनोट भएर आएको टोलीसँग दुई चरणको प्ले अफ खेल्नेछन् ।

छनोट भएका देश

१. कतार

२. जर्मनी

३. डेनमार्क

४. ब्राजिल

५. फ्रान्स

६. बल्जियम

७. क्रोएशिया

८. स्पेन

९. सर्बिया

१०. इंग्ल्यान्ड

११. स्विटजरल्यान्ड

१२. नेदरल्यान्ड्स

१३. अर्जेन्टिना

१४. इरान

सम्बन्धित समाचार