ललितपुर । ललितपुर उद्योग वाणिज्य संघको ४७औँ वार्षिक साधारणसभाबाट हुने निर्वाचनमा वरिष्ठ उपाध्यक्ष पदका लागि आपु लाल अवालेले उम्मेदवारी दिएका छन्।
करिब ५९ वर्षअघि स्थापित ललितपुर उद्योग वाणिज्य संघ हाम्रो गौरवशाली इतिहास, पूर्खाहरूको अथक प्रयास, मेहनत र समर्पणको परिणाम हो। यस संस्थाको नेतृत्व गर्नुभएका अग्रजहरू प्रति शिर झुकाएर हार्दिक नमन गर्दछु ।
तपाईंहरूको अमूल्य मत, साथ, सहयोग, माया र विश्वासलाई शिरोपर गर्दै यस संस्थाको सेवकका रूपमा समर्पित भएर काम गर्ने प्रतिबद्धतासहित आफूलाई प्रस्तुत गर्ने अवसर प्रदान गरिदिनुहुन हार्दिक अनुरोध गर्दछु।
अवालेले संघको गौरवशाली इतिहास, अग्रजहरूको योगदान र सदस्य व्यवसायीहरूको हितलाई केन्द्रमा राख्दै आफूले उम्मेदवारी दिएको बताएका छन्। उनले संघलाई सशक्त, जुझारू, पारदर्शी, उत्तरदायी र गतिशील संस्थाका रूपमा अघि बढाउने आफ्नो प्राथमिकता रहेको उल्लेख गरेका छन्।
उनले व्यापारी वर्गको व्यापार प्रवर्द्धन तथा संरक्षण, स्थानीय सरकारसँग समन्वय र सहकार्य, कर प्रशासन तथा वाणिज्य विभागसँग प्रभावकारी समन्वय, सुरक्षा निकायसँग सम्बन्ध विस्तार तथा वस्तुगत संघ र एसोसिएट संस्थाहरूलाई सशक्त बनाउने विषयलाई आफ्नो प्राथमिकतामा राखेका छन्।
त्यसैगरी संस्कृति, सम्पदा, हस्तकला तथा पर्यटन प्रवर्द्धन, ‘ललितपुर ह्याडीक्राफ्ट सिटी’ को प्रभावकारी कार्यान्वयन, स्वास्थ्य, शिक्षा तथा क्षमता विकास, अन्तर्राष्ट्रिय सम्बन्ध र व्यापार विस्तार तथा पाटनका विभिन्न जातीय एवं सामाजिक संस्थासँग सहकार्य गर्ने योजना उनले अघि सारेका छन्।
अवालेले संस्था कुनै गुट वा समूहको नभई सबै सदस्यको साझा संस्था हुनुपर्नेमा जोड दिएका छन्। निर्णय व्यक्तिगत स्वार्थका आधारमा नभई संस्थाको हितमा हुनुपर्ने, योग्यता र क्षमताको सम्मान हुनुपर्ने तथा व्यवसायीको आवाजलाई संघको आवाजका रूपमा स्थापित गर्नुपर्ने उनको धारणा छ।
उनले संस्थाका संस्थापक अध्यक्ष स्वर्गीय बेखानाथ श्रेष्ठप्रति सम्मान व्यक्त गर्दै पूर्वअध्यक्षहरूले संस्थाको विकास र उन्नतिमा पुर्याएको योगदानको कदर गर्ने बताएका छन्। साथै, पूर्वअध्यक्षहरूको अनुभव, सल्लाह र सुझावलाई आत्मसात् गर्दै संघको संस्थागत साख र प्रभावलाई थप उचाइमा पुर्याउने प्रतिबद्धता व्यक्त गरेका छन्।
“चार दशकको अनुभव”
स्नातकोत्तर तहसम्म अध्ययन गरेका अवालेसँग सार्वजनिक, सामाजिक तथा व्यावसायिक क्षेत्रमा करिब चार दशकको अनुभव रहेको विवरणमा उल्लेख छ।
उनले वि।सं। २०५० देखि २०७० सम्म ललितपुर महानगरपालिकामा अधिकृतका रूपमा प्रशासन, कर, योजना, बजार व्यवस्थापन तथा पर्यटन क्षेत्रमा काम गरेका थिए। वि।सं। २०७३ देखि २०७७ सम्म नेपाल–चाइनीज गाइड एसोसिएसनको संस्थापक अध्यक्षका रूपमा पर्यटन तथा नेपाल–चीन सम्बन्ध विस्तारमा काम गरेको उल्लेख छ।
त्यस्तै, वि।सं। २०७७ देखि २०७९ सम्म ललितपुर उद्योग वाणिज्य संघमा पर्यटन, संस्कृति तथा सम्पदा संयोजकको जिम्मेवारी सम्हालेका अवाले नेपाल उद्योग वाणिज्य महासंघको पर्यटन, हवाई तथा यातायात समिति तथा बागमती प्रदेश पर्यटन समितिमा समेत सक्रिय रहेको बताइएको छ। पाटन पर्यटन विकास संस्थामा सह–सचिवका रूपमा समेत उनले काम गरेका छन्।
हाल उनी ललितपुर उद्योग वाणिज्य संघका उपाध्यक्ष, पाटन स्टे एसोसिएसनका सचिव तथा Peace & Joy Tour & Travel, Peace & Joy Guest House, Chinese–Nepali Golden Bridge Pvt. Ltd. र Peace Residence का प्रबन्ध निर्देशकका रूपमा कार्यरत छन्।
अवालेले आफ्नो उम्मेदवारीलाई व्यक्तिगत पद प्राप्तिभन्दा संस्थागत सेवा र व्यवसायीको हितसँग जोडिएको बताएका छन्। भाषागत दक्षतास् नेपाली , नेपाल भाषा ,चिनियाँ , अंग्रेजी , जापानी , हिन्दी अवालेले । । भ्रमणगरेको देशहरूः
भारत,चीन,जापान,सिन्गापुर,मलेशिया,थाईल्याण्ड ,भुटान रहेका छन।