भोटेकोशी बाढी पीडित विष्णुकुमारी डङ्गोलको मिर्गौला प्रत्यारोपण सफल

384 Shares

काठमाण्डौ - भदौ १० गतेको भोटेकोशी बाढीमा सर्वस्व गुमाएकी विष्णुकुमारी डङ्गोलको मिर्गौला प्रत्यारोपण सफल भएको छ । 

बाढीले घरबार र उपचारका लागि जम्मा गरेको पैसा बगाएपछि जीवन–मरणको दोसाँधमा पुगेकी ४१ वर्षीया विष्णुकुमारीको काठमाण्डौ मेडिकल कलेज (केएमसी) ले निःशुल्क मिर्गौला प्रत्यारोपण गरिदिएको हो । 

उहाँलाई पति राजकुमारले मिर्गौला दान गर्नुभएको हो । प्रत्यारोपणपछि पूर्ण स्वस्थ बनेका डङ्गोल दम्पती अस्पतालबाट डिस्चार्ज हुनुभएको छ । सामाजिक सञ्जालमार्फत उहाँहरूको दयनीय अवस्थाबारे जानकारी पाएपछि केएमसीका सञ्चालक डा. सुनिलकुमार शर्माले सम्पूर्ण उपचार र खानपिन निःशुल्क गरिदिने घोषणा गर्नुभएको थियो । 

विष्णुकुमारीसहित केएमसीमा अहिलेसम्म गरिएका ८६ जनाको मिर्गौला प्रत्यारोपण शतप्रतिशत सफल भएका छन् ।  

सम्बन्धित समाचार