प्रधानमन्त्रीले जेनजी उमेरका सांसदसँग बैठक बसेकोप्रति रास्वपा सांसदको असन्तुष्टि

529 Shares

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले जेनजी उमेर समूहका सांसदहरूसँग छलफल गरेकोप्रति राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०की सांसद अफ्साना बानुले असन्तुष्टि जनाएकी छन् ।
प्रधानमन्त्री शाहले आज सिंहदरबार नवीनतम प्रविधि र डिजिटल सुशासन, युवा स्वरोजगार तथा स्टार्टअप नीति, प्राविधिक शिक्षा र सर्वसुलभ स्वास्थ्य सेवा, एवम् वातावरणीय सन्तुलनसहितको दिगो विकासका विषयमा जेनजी सांसदहरूसँग छलफल गरेका थिए।
जेनजी आन्दोलनबाट उदाएकी बानुले जेनजी उमेर समूहका सांसदसँग मात्र नभई सुरुदेखि नै जेनजीका मुद्दा उठाउँदै आएका सांसदहरूसँग पनि छलफल गर्न आग्रह गरेकी छन्।
उनले प्रधानमन्त्रीलाई प्रश्न गर्दै भनेकी छन्, ‘जेनजीका माग मुद्दा सम्बोधन गर्नका लागि जेनजी उमेर समूहका सांसदहरू चाहिने हो कि पहिलेदेखि नै निरन्तर जेनजीका माग मुद्दा बोकेका सांसदहरूसँग बैठक बस्नुपर्ने हो प्रधानमन्त्रीज्यू ?’

सम्बन्धित समाचार