भदौको करदाता प्रोत्साहन पुरस्कार, ३२ जनालाई एक-एक लाख, २ जनालाई बम्पर

761 Shares

काठमाडौं– सरकारले करदाता प्रोत्साहन पुरस्कारअन्तर्गत भाद्र महिनाको पुरस्कार घोषणा गरेको छ । 

आन्तरिक राजस्व विभागले बिहीबार विभागमा आयोजना गरी भाद्र महिनाको घोषणा गरेको हो । 

भाद्र १ देखि १५ र १६ गतेदेखि ३१ गतेसम्म नियमसम्मत कारोबारमा संलग्न उपभोक्तामध्येबाट ३२ जनालाई एक–एक लाखको विजेता र २ जनालाई बम्पर उपहार विजेता घोषणा गरिएको थियो ।

जस अनुसार भाद्र १ देखि १५ गतेसम्मको पुरस्कारमा सुनिता फेन्सी स्टोरबाट ७ हजार रुपैयाँको सामान किनेका उपभोक्ताले बम्पर उपहारमा १० लाख रुपैयाँ जितेका छन् । 

त्यस्तै भाद्र १६ गतेदेखि ३१ गतेसम्मको पुरस्कारमा कात्यायानी पोलिक्लिनिकबाट २ सयको सामान किनेका उपभोक्ताले बम्पर उपहारमा १० लाख रुपैयाँ जितेका छन् ।

कार्यक्रममा विभागका कार्यवाहक महानिर्देशक जनकराज शर्माले वस्तु तथा सेवाको खरिद–बिक्रीमा बिल-बीजक लिने–दिने संस्कृतिको विकास गर्न र कर अनुपालना वृद्धि गर्न यो कार्यक्रम सञ्चालन गरिएको बताए । 

भदौ महिनामा ४० अर्ब ९४ करोडको लक्ष्य राखिएकोमा ३८ अर्ब २९ करोड अर्थात् लक्ष्यको करिब ९४ प्रतिशत संकलन भएको जानकारी दिए ।  

शर्माले भाद्र १ देखि १५ गतेसम्मको पुरस्कारमा प्रधानमन्त्री राहत कोषमा सहयोग दाखिला गर्ने व्यक्ति समेत १ लाखको विजेताको लिष्टमा आएको देखिएकाले प्राविधिक जाँच सुरु गरिएको जानकारी दिए । 

कार्यविधिमा बस्तु खरिदको भुक्तानीलाई मात्रै पुरस्कारमा समेटिने भएकाले प्राविधिक जाँचपछि आवश्यक निर्णय गरिने उनले बताए । 

पाक्षिक रुपमा आयोजना हुँदै आएको करदाता प्रोत्साहन पुरस्कार रसुवा बाढीका कारण एक महिनामा गरिएको हो । 

सम्बन्धित समाचार