गुल्मीमा खोलाले बगाएकी महिलाको शव फेला

413 Shares

गुल्मी- स्थानीय निस्ती खोलाले बगाएर बेपत्ता भएकी मुसिकोट नगरपालिका–५ की २९ वर्षीया कल्पना पुनको शव फेला परेको छ ।

उनको शव घटनास्थलभन्दा करिब एक किलोमिटर टाढा ठूला पहिरामा खोलाको बीचमा अड्किएको अवस्थामा आज फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकरी एवं प्रहरी नायब उपरीक्षक वीरेन्द्रवीर विश्वकर्माले जानकारी दिए ।

गत आइतबार साँझ घरबाट इश्मा गाउँपालिका–४ हुलास्थित तीजमा माइतीघर जाने क्रममा स्थानीय खोला तर्दै गर्दा श्रीमती पुनलाइ बगाएको थियो ।

घटनाबारे तत्कालै स्थानीयले जानकारी गराएपछि प्रहरी चौकी इश्मा र प्रहरी चौकी पौदीअमराईबाट प्रहरी टोली खोज तथा उद्धारका लागि खटिएको थियो ।

खोजतलासको क्रममा आइतबार राति खोला किनारमा पुनले लगाएको कपडा, ह्यान्डब्याग र चप्पल मात्र फेला परेको थियो । उक्त शवलाई पोष्ट मार्टमका लागि गुल्मी अस्पताल तम्घास ल्याइएको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार