काठमाडौँ । नेपाली कांग्रेसले १५औँ महाधिवेशनमा सहभागी हुने क्रियाशील सदस्यहरूको नामावली स्वीकृत गरिएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा आइतबार बसेको कार्यसम्पादन समितिको बैठकले स्वीकृत गरेको हो।
बैठकमा पार्टीका महामन्त्री प्रदीप पौडेलको संयोजकत्वमा गठित ‘‘सदस्यता व्यवस्थापन केन्द्रीय समिति’ले १५औँ महाधिवेशनमा भाग लिने क्रियाशील सदस्यहरूको नामावली तयार पारी सभापति गगनकुमार थापासमक्ष पेस गरेको थियो।
नेपाली कांग्रेसको विधान, २०१७ ९एघारौँ संशोधन सहित० को धारा ४ ९९० बमोजिमको प्रक्रिया पूरा गर्दै सभापति थापाले नामावलीलाई स्वीकृत गर्ने निर्णय गरेका हुन्।
यससँगै १५औँ महाधिवेशनमा मताधिकार प्रयोग गर्ने प्रतिनिधिहरूको आधार तयार भएको छ। पार्टी विधानको धारा ४ (९) अनुसार सदस्यता व्यवस्थापनको जिम्मेवारी पाएको समितिले लामो समयदेखि प्रक्रियागत काम गरिरहेको थियो।
नामावली स्वीकृत भएसँगै अब तल्लो तहको अधिवेशन र महाधिवेशनका अन्य साङ्गठनिक प्रक्रियाहरूले तीव्रता पाउने छन्।