413
Shares
धारापानीमा सडक ढलान गर्न भरे बेलुका ५ बजेसम्मका लागि बन्द भएको छ ।
बिहान नौ बजेदेखि बन्द गरेको सडक बेलुका ५ बजेपछि मात्र खुलाउने मनाङका प्रमुख जिल्ला अधिकारी मुक्तिप्रसाद खनालले जानकारी दिनुभयो । उहाँका अनुसार धारापानी क्षेत्रमा एक सय ३५ मेगावाट क्षमताको मनाङ मर्स्याङ्दी जलविद्युत् आयोजनाले झण्डै ५० मिटर सडक ढलान गर्ने भएको हो ।
सडक साँघुरो हुनुका साथै दुवैतर्फ घर रहेकाले ढलानका क्रममा सवारीसाधन सञ्चालनका लागि वैकल्पिक व्यवस्था गर्न नसकिने भएकाले सडक पूर्ण रूपमा बन्द गर्न लागिएको उहाँले बताउनुभयो ।