एनभीएल : मधेशलाई हराउँदै अन्नपूर्णकाे लगातार दाेस्राे जीत

268 Shares

काठमाण्डाै – नेपाल भलिबल लिग (एनभीएल) मा अन्नपूर्ण स्पाइकर किङ्ग्सले लगातार दोस्रो जीत हासिल गरेको छ ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहल त्रिपुरेश्वरमा आज भएको पहिलो खेलमा अन्नपूर्णले मधेश वारियर्सलाई ३–१ को सेटमा हरायो । अन्नपूर्णले पहिलो सेट २५–१६, तेस्रो सेट २५–२२ र चौथो सेट २५–२१ ले जित्यो । मधेशले दोस्रो सेट ३१–२९ ले जित्यो ।

यसअघि अन्नपूर्ण पहिलो खेलमा कर्णाली शिवराजसँग पराजित भएको थियो भने दोस्रो खेलमा काठमाण्डौ रेड्सलाई हराएको थियो ।

मधेशको यो लगातार तेस्रो हार हो । मधेश पहिलो खेलमा सगरमाथा स्म्यासर्स र दोस्रो खेलमा काठमाण्डौसँग पराजित भएको थियो ।

प्रतियोगितामा अहिले बेलुकी ७ बजे सगरमाथा र कर्णाली खेल्दैछन् ।

६ वटा टोली सहभागी पहिलो संस्करणको एनभीएलको विजेताले २० लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ । प्रतियोगिताको फाइनल खेल आउँदो २८ गते आइतवार हुनेछ ।

सम्बन्धित समाचार