1k
Shares
काठमाण्डाै – नेपाली सेनाले नुवाकोटको विदुर नगरपालिका–५ देवीघाटमा रहेको तादी नदीमा एक्रो बेलीब्रिज निर्माण गरिरहेको छ ।
नेपाली सेनाको इन्जिनियरिङ फौजबाट खटिएको ५५ जनाको टोलीले ६० मिटर लामो, साढे ५ मिटर चौडा र ५० टन भारवहन क्षमताको भएक्रो बेलीब्रिज निर्माण कार्य तीव्र रूपमा अघि बढाएको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।
यही भदौ १० गते रसुवाको भोटेकोशीमा आएको भीषण बाढीले त्यहाँ रहेको पक्की पुल बगाएको थियो । कार्यालयका अनुसार निर्माणका लागि आवश्यक सामग्री ढुवानी गरी जडानको काम भइरहेको छ ।