सुनको मूल्यमा लगातार गिरावट

616 Shares

काठमाडौँ । गत साता ५ दिनमा २४ हजार २ सय बढेको सुनको भाउ फेरि लगातार घट्न थालेको छ। 
सुनको भाउ आज तोलामा ४ हजार ६ सय रुपैयाँ घटेर ३ लाख १ हजार ६ सयमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 
हिजो सुनको भाउ तोलामा ५ सय रुपैयाँ घटेर ३ लाख ६ हजार २ सयमा झरेको थियो। त्यसअघि बुधबार पनि सुनको भाउ तोलामा १ हजार २ सय रुपैयाँ घटेको थियो। 
त्यसैगरी आज चाँदीको मूल्य पनि घटेको छ। तोलामा ९० रुपैयाँ घटेर चाँदीको भाउ आज ४ हजार ६ सय ६० रुपैयाँमा झरेको महासंघले जनाएको छ। हिजो चाँदीको भाउ ४ हजार ७ सय ५० रुपैयाँ थियो। 
गएको माघ १५ गते  सुनको भाउ तोलामा २० हजार पाँचसय रुपैयाँ बढेर तीन लाख ३९ हजार तीनसय रुपैयाँ पुगेको थियो। नेपाली बजारमा सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो। 
त्यसैगरि गएको माघ १८ गते चाँदीको मूल्य तोलामा १५ सय ६५ रुपैयाँ घटेको थियो। चाँदीको मूल्यमा आएको यो गिरावट हालसम्मकै सबैभन्दा उच्च हो।
गएको माघ १५ गते चाँदीको भाउ तोलाको सात हजार ५०५ रुपैयाँ पुगेको थियो। चाँदीको यो मूल्य अहिलेसम्मकै सबैभन्दा बढी हो। 

सम्बन्धित समाचार