ब्यारेकमा विष्फोटक पदार्थ पड्किँदा ५ जना घाइते

326 Shares

काठमाडौं । रसुवाको आमाछोदिङमो गाउँपालिका—४ मानसिङमा विस्फोटक पदार्थ विस्फोट भएको छ ।
नेपाली सेनाको  श्रीनाथ गणमा  म्याद सकेको विष्फोटक पदार्थ डिस्पोज गर्न लैजाने क्रममा विस्फोट भएर  ५  जना घाइते भएका छन् ।
घाइतेहरुको उद्धारको लागि हेलिकप्टर गएको  जिल्ला प्रहरी कार्यालय रसुवाका डीएसपी अशोक थापाले बताए ।
प्रहरीको टोली  घटनास्थलतर्फ जाँदै गरेको उनले बताए । घटनाको विस्तुत विवरण आउन बाँकी छ ।  गणपतिले  व्यस्त रहेको  जनाउँदै विस्तुत पछि बताउने बताए ।

सम्बन्धित समाचार