36
Shares
काठमाडौँ । मधेसमा जारी आन्दोलनका कारण त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन सङ्कायले साउन १५ गते हुने एमबीएस (मास्टर अफ बिजनेस स्टडिज) अन्तर्गत बजार व्यवस्थापन’ विषयको परीक्षा ११ वटा परीक्षा केन्द्रमा अर्को सूचना नआएसम्मका लागि स्थगित गरेको छ।
परीक्षा नियन्त्रण महाशाखाका अनुसार जनकपुर, सर्लाही, सिराहा, सप्तरी, रौतहट, बारा र वीरगञ्जस्थित ११ परीक्षा केन्द्रमा मात्र परीक्षा स्थगित गरिएको हो। अन्य सबै परीक्षा केन्द्रमा भने पूर्वनिर्धारित तालिकाअनुसार परीक्षा सञ्चालन हुने त्रिविले जनाएको छ। स्थगित परीक्षाको नयाँ मिति पछि सार्वजनिक गरिनेछ।