जनकपुरमा पनि कर्फ्यू

65 Shares

काटमाठौं । प्रदर्शन चर्किएपछि जिल्ला प्रशासन कार्यालय धनुषाले जनकपुर उपमहानगरपालिकाभित्र बिहीबार दिउँसो साढे तीन बजेदेखि लागू हुने गरी अनिश्चितकालका लागि कर्फ्यू आदेश जारी गरेको छ।
धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलले जनकपुरधाम उपमहानगरपालिका, लक्ष्मीनिया गाउँपालिका र नगरायन नगरपालिकाका विभिन्न क्षेत्रमा कर्फ्यू लगाइएको जानकारी दिए।
शान्ति सुरक्षा कायम राख्नका लागि प्रशासनले उक्त क्षेत्रमा हिँडडुल गर्न र भेला हुन रोक लगाउँदै कडा सुरक्षा व्यवस्था मिलाएको छ।

सम्बन्धित समाचार