सुक्खा पहिरोले कर्णाली राजमार्ग अवरुद्ध

442 Shares

कर्णाली– कर्णाली राजमार्गको कालीकोट जुम्ला सडकखण्डमा पर्ने सेराबाडामा आज सुक्खा पहिरो खस्दा सडक अवरुद्ध भएको छ ।

खाँडाचक्र नगरपालिका–८ कालीकोट सेराबाडास्थित माथिबाट खसेको पहिरोले सडक अवरुद्ध भएपछि सवारीसाधन आवतजावत पूर्ण रूपले बन्द भएको जिल्ला प्रशासन कार्यालय कालीकोटका प्रमुख जिल्ला अधिकारी झविलाल भट्टराईले जानकारी दिए।

पहिरोसँगै झरेको ढुङगा सानो मेसिनले फुटाल्न नसक्ने भएपछि सडक डिभिजन कार्यालय जुम्लासँग समन्वय गरेर ठूलो स्काभेटर माग गरिएको छ । 

रासससँग कुरा गर्दै प्रजिअ भट्टराईले भने, ‘सडक डिभिजन कार्यालय जुम्लाको कालीकोटको टिमुरे भीरमा राखिएको एक्साभेटर ल्याइँदैछ । हामी जतिसक्दो छिटो सडक खुलाउने काममा लागि रहेका छौँ ।’ 

सम्बन्धित समाचार