123
Shares
ललितपुर । महिला सेवाग्राहीलाई पठाओ चालकले दुव्र्यवहार गर्दा प्रहरीको खोरमा जाकिनु परेको छ ।
महिला सेवाग्राहीले पठाओ बुकिङ गरी सेवा लिने क्रममा सार्वजनिक स्थान र निजको फोन नम्बरमा फोन गरी म्यासेजद्वारा दुःख दिने चालकलाई ती महिलाको उजुरी पछि प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।
सिरहा मिर्चैया—५ घर भई हाल ललितपुर महानगरपालिका वडा नं. १४ थसिखेल बस्ने पठाओ चालक प्रविन कुमार साहले ती सेवाग्राही महिलालाई अश्लिल अपशब्द बोली गालीगलौज गरेको उजुरी परेपछि प्रहरीले पक्राउ गरी अनुसन्धान थालेको ललितपुर प्रहरी परिसरले जानकारी गराएको छ ।