काठमाडौं- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ। समितिले तरकारी, फलफूल, मसला तथा माछासहित विभिन्न कृषिउपजको थोक मूल्य निर्धारण गरेको हो।
समितिका अनुसार आज ठूलो नेपाली गोलभेँडा प्रतिकिलो ४५ रुपैयाँ, सानो लोकल गोलभेँडा १२ रुपैयाँ र टनेल गोलभेँडा २१ रुपैयाँ कायम गरिएको छ। रातो आलु ४५ देखि ४८ रुपैयाँ प्रतिकिलो, भारतीय रातो आलु ३६ रुपैयाँ, सेतो आलु ३८ रुपैयाँ तथा भारतीय सुकेको प्याज ५५ रुपैयाँ प्रतिकिलो निर्धारण गरिएको छ।
तरकारीतर्फ गाँजर १०० देखि १२० रुपैयाँ, स्थानीय बन्दा ३५ रुपैयाँ, स्थानीय काउली ८० रुपैयाँ, सेतो मूला २५ रुपैयाँ, लाम्चो भन्टा ४० रुपैयाँ र डल्लो भन्टा ५० रुपैयाँ प्रतिकिलोमा कारोबार हुने समितिले जनाएको छ।
बोडी, सिमी तथा अन्य हरिया तरकारीमध्ये बोडी तने ८० रुपैयाँ, मकै बोडी ५० रुपैयाँ, घिउ सिमी ९० देखि १०० रुपैयाँ, टाटे सिमी ६० रुपैयाँ, भटमास कोसा १४० रुपैयाँ, लौका ४० रुपैयाँ, चिचिण्डो ३० रुपैयाँ, घिरौँला ६० रुपैयाँ, भिन्डी ५० रुपैयाँ र इस्कुस ६० रुपैयाँ प्रतिकिलो तोकिएको छ।
सागपाततर्फ रायो साग १२० रुपैयाँ, पालुङ्गो १०० रुपैयाँ, तोरीको साग ९० रुपैयाँ र हरियो प्याज १०० रुपैयाँ प्रतिकिलो कायम भएको छ। च्याउमध्ये कन्य च्याउ २६० रुपैयाँ, डल्ले च्याउ ५०० रुपैयाँ, राजा च्याउ ३०० रुपैयाँ तथा सिताके च्याउ १ हजार रुपैयाँ प्रतिकिलो निर्धारण गरिएको छ।
फलफूलतर्फ फुजी स्याउ ३०० रुपैयाँ, नेपाली केरा प्रतिदर्जन २५० रुपैयाँ, मालभोग केरा २०० रुपैयाँ, कागती १६० रुपैयाँ, अनार ५०० रुपैयाँ, मालदह आँप १६० रुपैयाँ, दशहरी आँप १७० रुपैयाँ, तरबुजा ७० रुपैयाँ, जुनार ३०० रुपैयाँ, नास्पाती १३० रुपैयाँ, नेपाली मेवा ९० रुपैयाँ र भारतीय मेवा १२० रुपैयाँ प्रतिकिलो तोकिएको छ।
मसलातर्फ अदुवा २३० रुपैयाँ, सुकेको खुर्सानी ५०० रुपैयाँ, हरियो खुर्सानी ४० देखि ७० रुपैयाँ, अकबरे खुर्सानी २५० रुपैयाँ, हरियो लसुन १०० रुपैयाँ, हरियो धनियाँ १२० रुपैयाँ तथा सुकेको लसुन २०० देखि २२० रुपैयाँ प्रतिकिलो कायम गरिएको छ।
त्यसैगरी, ताजा रहु माछा प्रतिकिलो ३४० रुपैयाँ, बचुवा र छडी माछा ३०० रुपैयाँ तथा सुकेको माछा १ हजार रुपैयाँ प्रतिकिलो निर्धारण गरिएको समितिले जनाएको छ।