झापाको बाहुनडाँगीमा जङ्गली हात्तीको आतङ्क, स्थानीयवासी त्रसित

1k Shares

झापा – झापाको बाहुनडाँगी क्षेत्रमा जङ्गली हात्तीको बढ्दो आतङ्कका कारण स्थानीयवासी त्रसित बनेका छन् । हुलका हुल जङ्गली हात्ती बस्तीमा प्रवेश गरी बाली नष्ट पारिदिने र मान्छेलाई पनि आक्रमण गर्ने डरले स्थानीयवासीमा चिन्ता बढाएको हो ।

हात्तीको आक्रमणबाट यस वर्ष २ जनाको ज्यान गइसकेको छ । हात्तीको आक्रमणबाट जोगाउन यसअघि नेपाल सरकारको पहलमा मेची नदीको पश्चिम किनारमा १७ किलोमिटरभन्दा धेरै क्षेत्रमा सोलार फेन्सी तार जडान गरिएको थियो । अहिले सोलार प्यानल जीर्ण अवस्थामा पुगेको छ ।

बालीनाली नष्ट गर्ने, घर तोडफोड गर्ने र मानिसको ज्यानैसमेत लिने तथा चौपायासमेतलाई आक्रमण गर्ने हात्तीलाई सरकारले प्रवेश गर्नबाट तत्काल रोक्नुपर्ने स्थानीयवासी रमेश दाहाल बताउनुहुन्छ ।

बाहुनडाँगी क्षेत्रका किसानले बितेको ४० वर्षदेखि जङ्गली हात्तीको आतङ्क व्यहोर्दै आएका छन् ।

सम्बन्धित समाचार