गृहमन्त्री र प्रहरीलाई बद्नाम गराउँदै तनहुँका टोले गुण्डा कायस्थ र सुनार

5.9k Shares

तनहुँ । सामान्य कुटपिटको घटनालाई तिललाई पहाड बनाई च्याउसरी उम्रिएका विभिन्न मिडियामा समाचारहरु प्रकाशित हुन थालेपछि पीडित भनिएकाहरुको निवेदन लिन प्रहरी बाध्य बन्न परेको घटनाहरु पछिल्लो समय घट्न थालेको छ ।
यस्तै घटना पछिल्लो समय तनहँु जिल्लामा घटेको छ । राइडरको नामले परिचित पीडित भनिएका सन्तोष सुनारसँग स्थानीय विजय पुन, विष्णु थापालगायतका व्यक्तिहरुसँग ब्रदर्श क्याफे अगाडि सामान्य भनाभन भई हात हालाहालको अवस्था सिर्जना भएको तर घटना नघटेको स्थानीयको भनाई छ । सो घटनालाई लिएर पीडित भनिएका सन्तोष सुनारले आर्थिक प्रलोभनमा पारी दुःख दिने नियतले विभिन्न संचारमाध्यमहरुमा तिललाई पहाड बनाउने उद्देश्य राखी आफु नक्कली घाइते भएको समाचार प्रकाशित गर्न लगाई प्रहरीलाई सामान्य घटनालाई पनि ठूलै घटना घटेको भान सिर्जना गराएका थिए ।
सो घटनामा हुँदै नभएका सोहिप मिया, सन्जोग मल्ल, सोम गुरुङको नाम राखी संचार माध्यममा समाचार प्रकाशित गर्न लगाई राइडर नामले परिचित सन्तोषले मानमर्दन गर्नसमेत पछि नपरेको पीडितहरुको गुनासो छ । पीडितहरुले आफूहरुलाई मानमर्दन र सामाजिक अपहेलना गरेको आरोपमा न्यायको ढोका ढक्ढकाउन जाने जानकारी गराएका छन् ।
पीडित भनिएका सन्तोष सुनारले मिडियामार्फत् प्रहरीलाई समेत नैतिक दवाव सिर्जना गर्न लगाई सामान्य घटनालाई पनि ठूलै घटनाजस्तो गरी जाहेरी नै दर्ता गर्न लगाउन पछि परेका छैनन् । यस्तो घटनाले पछिल्लो समय भ्रष्टाचारीहरुलाई ठाउँको ठाउँ कारबाहीको दायरामा ल्याई सर्वसाधारण जनतामाझ हाईहाई भएका गृहमन्त्री सुदन गुरुङको समेत नाम उल्लेख गरी सामान्य घटनालाई पनि ठूलो बनाई गृहमन्त्री र प्रहरीलाई समेत बद्नाम गराउन पछि परेका छैनन् सन्तोष । पीडित भनिएका सन्तोष सुनार आफै टोले गुण्डा झुसे दाह्री भनेर चिनिने सुवास कायस्थका पछि लाग्ने र दुई चार जनालाई पछि लगाई बजारमा हप्ते असुल्ने काम गर्ने गरेको समेत पीडित विजय पुनले जानकारी गराएका छन् ।
केही महिना अगाडि झुसे भन्ने सुवास कायस्थलाई कास्की प्रहरीले पोखराबाट पेस्तोलसहित पक्राउ गरी कारबाहीको दायरामा ल्याएको घटना ताजै छ ।
सन्तोषले सामान्य झडपमा चोटपटकै नलागेको अवस्थामा पनि नाटक रची मिडियालाई आर्थिक प्रलोभनमा पारी प्रहरीलाई जाहेरी लिन वाध्य पारेको प्रहरीले खोजतलासलाई बताएका छन् । 

सम्बन्धित समाचार