पेनाल्टीमा चुक्यो नेदरल्यान्ड्स : मोरक्को अन्तिम १६ मा

1.1k Shares

काठमाण्डौ - फिफा विश्वकप फुटबलको नकआउट चरणमा नेदरल्यान्ड्स मोरक्कोसँग पेनाल्टीमा पराजित भएको छ ।

आज बिहान भएको खेलमा मोरक्कोले नेदरल्यान्ड्सलाई पेनाल्टीमा ३–२ गोलले हराउँदै अन्तिम १६ मा पुग्यो । निर्धारित ९० मिनेट र अतिरिक्त समयको खेल एक/एक गोलको बराबरी भएसँगै खेल पेनाल्टी सुटआउटमा पुगेको थियो । जहाँ डच टोली चुक्यो ।

त्यसअघि नेदरल्यान्ड्सले खेलको ७२औँ मिनेटमा कोडी गाक्पोको गोलमा अग्रता बनाएको थियो । तर मोरक्कोका लागि इन्जुरी समयको पहिलो मिनेटमा इस्सा डियोपले बराबरी गोल फर्काएका थिए । आजै बिहान भएको खेलमा ४ पटकको विश्वविजेता जर्मनी पनि पेनाल्टी सुटआउटमा पाराग्वेसँग पराजित हुँदै बाहिरिएको छ ।

विश्वकप फुटबलमा आज राति पौने ११ बजे नर्वे र आइबरी कोस्टले खेल्दैछन् ।

सम्बन्धित समाचार