१५ वर्षीया बालिकामाथि जबरजस्ती करणीको आरोपमा बाँकेबाट एक जना पक्राउ

964 Shares

बाँके – १५ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा बाँके प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा कोहलपुर नगरपालिका–१५ चौधरिया गाउँका ३० वर्षीय शिवा थारू रहेका छन् । उनलाई शुक्रबार साँझ प्रहरीले नियन्त्रणमा लिएको हो ।

प्रहरीका अनुसार शिवाविरुद्ध बालिकामाथि जबरजस्ती करणी गरेको भन्दै उजुरी परेको थियो । उजुरी प्राप्त भएपछि इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरी टोलीले अनुसन्धान अघि बढाएको थियो ।

अनुसन्धानका क्रममा प्रहरीले आरोपित थारूलाई आफ्नै गाउँ क्षेत्रबाट पक्राउ गरेको जनाएको छ । पक्राउ परेका थारूलाई इलाका प्रहरी कार्यालय कोहलपुरमा राखी घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीले घटनाको वास्तविकता पत्ता लगाउन कानुनी प्रक्रिया अघि बढाएको जनाएको छ ।

सम्बन्धित समाचार