पूर्व र मध्य भेगमा वर्षा, बागमतीदेखि सुदूरपश्चिमसम्मको तराई भेगमा गर्मी बढ्ने

1k Shares

काठमाण्डौ - पूर्व र मध्य भेगका केही ठाउँमा गए राति र आज बिहान हल्कादेखि मध्यम वर्षा भएको छ ।

आज दिउँसो पनि कोशी प्रदेशका तराई, मधेश प्रदेश र अरू प्रदेशका पहाडी तथा हिमाली भेगमा पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार मध्य र पश्चिम तराईमा भने गर्मी बढ्ने सम्भावना छ ।

आज र भोलि लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही ठाउँहरू तथा बागमती र गण्डकी प्रदेशका तराई भेगका थोरै ठाउँमा तातो दिन हुने महाशाखाले जनाएको छ । आज कोशी प्रदेशका हिमाली र पहाडी भूभागका थोरै ठाउँ तथा बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभागका एक, दुई ठाउँमा मेघ गर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ ।

कोशी र मधेश प्रदेशको तराई भेगका एक, दुई ठाउँमा पनि मेघ गर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

 

 

सम्बन्धित समाचार