सोमपाललाई बाहिर राख्दै नेपाली टिम घोषणा

17.2k Shares

काठमाडौं। अलराउण्डर सोमपाल कामीलाई बाहिर राख्दै नेपाल राष्ट्रिय क्रिकेट टोलीको घोषणा भएको छ । प्रशिक्षक पुवुदु दासानायकेले सोमपाललाई बाहिर राख्दै आईसीसी पुरुष टी–२० विश्वकपको ग्लोबल छनोटका लागि १६ सदस्यीय नेपाली टोली घोषणा गरेका हुन् । बुधबार समाप्त भएको प्रधानमन्त्री कपमा सोमपालको प्रदर्शन उम्दा रहन सकेन । 

यस्तै टोलीमा जितेन्द्र मुखियाले कमब्याक गर्दा लोकेश बम र विवेक यादवले पहिलो पटक टोलीमा स्थान बनाए । नेपाली टोलीको कप्तानी सन्दीप लामिछानेले गर्नेछन् । विश्वकप छनोट अन्तर्गत ग्लोबल छनोट ओमानमा हुँदैछ । समूह ‘ए’मा रहेका नेपाल, फिलिपिन्स, यूएई, बहराईन, आयरल्याण्ड, जर्मनी र आयोजक ओमानमध्ये शीर्ष दुई टोली छनोट हुनेछन् । शीर्ष दुई टोली अष्ट्रेलियामा हुने विश्वकपका लागि छनोट हुनेछन् ।

१६ खेलाडी नामः 

सन्दीप लामिछाने (कप्तान), कुशल भुर्तेल, आरिफ शेख, दीपेन्द्र सिंह ऐरी, ज्ञानेन्द्र मल्ल, शरद भेषावकर, आरिफ शेख, करण केसी, जितेन्द्र मुखिया, अभिनाश बोहोरा, सहाव आलम, कुशल मल्ल, कमल सिंह ऐरी, विवेक यादव, प्रदीप ऐरी, लोकेश बम

सम्बन्धित समाचार