848
Shares
काठमाण्डाै – शेयर बजार लगातार चौथो कारोबार दिन घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ६ दशमलव ३१ अङ्कले घटेर २ हजार ७०५ दशमलव ४५ विन्दुमा झरेको छ ।
आज म्युचल फन्ड र व्यापार बाहेक सबै समूहका सूचक घटेका छन् । आज १७७ वटा कम्पनीका शेयर घटेकामा ८० वटाका बढेका छन् । यस्तै १५ वटा कम्पनीका शेयर भने घटबढ भएका छैनन् ।
आज सयपत्री हाइड्रोपावरको शेयर झन्डै ५ प्रतिशतले घटेको छ । समग्रमा बजार घटेको दिन सोपान फर्मास्युटिकल्स र अपोलो हाइड्रोपावरको शेयर १५ प्रतिशतले बढेका छन् ।
आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । हिजो ४ अर्ब ४१ करोडको कारोबार भएकोमा आज ३५५ वटा कम्पनीका १ करोड ७ लाख कित्ता शेयर ४ अर्ब ४ करोड रुपैयाँमा किनबेच भएको छ ।