रविलाई आङ्देम्बेको प्रश्न- दिल्लीमा पुग्दा किन सीमा र कालापानीको उच्चारण नगरेको ?

2k Shares

काठमाडौं– नेपाली काङ्ग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले रवि लामिछाने भारत भ्रमण जाँदा सिमानाको विषय नउठाएकोमा प्रश्न गरेका छन् । 

प्रतिनिधिसभामा बोल्दै सांसद आङ्देम्बेले दिल्लीमा पुगेर पनि रवि लामिछानेले सिमानाको ‘स’ र कालापानीको ‘क’ शब्द समेत उच्चारण नगरेको बताए । 

उनले सिमानाको विषयमा ढोल बजाएर केही नहुने कुरामा आफूहरू विमति नरहेको तर विषय नै नउठाई किन फर्किएको भन्दै प्रश्न गरेका छन् । 

‘भारत भ्रमणमा गएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति नेपाल फर्केर आउनुभयो । बुवाले नेपाल फर्केर सिमानाको विषयमा ढोल बजाएर छलफल हुन सक्दैन भन्नुभयो। तर दिल्लीमा छँदा सिमानाको स कालापानीको क पनि उच्चारण नगरी किन फर्किनुभयो ?’ आङ्देम्बेले भने ,’किन फर्किनुभयो हामीलाई पनि थाहा छ यो ढोल बजार गरिने कुरा होइन ।’

 

सम्बन्धित समाचार