शेयर बजार सामान्य घट्याे, काराेबार रकम वैशाख १५ यताकै धेरै

906 Shares

काठमाण्डाै – हिजो दोहोरो अङ्कले घटेको शेयर बजार आज सामान्य ओरालो लागेको छ । शेयर बजार परिसूचक नेप्से आज १ दशमलव ५४ अङ्कले घटेर २ हजार ७३३ दशमलव ५९ विन्दुमा झरेको छ ।

नेप्से लगातार चौथो कारोबार दिन घटेको हो । दिउँसो १ बजेर २० मिनेटमा २ हजार ७०२ विन्दुसम्म झरेको नेप्से बन्द हुने बेलामा सम्हालिएको हो ।

आज होटल तथा पर्यटन, जलविद्युत्, उत्पादन तथा प्रशोधन र अन्य बाहेक सबै समूहका सूचक घटेकामा फाइनान्स समूहको सूचक १ प्रतिशतले ओरालो लागेको छ ।

आज १५१ वटा कम्पनीका शेयर घटेकामा १०५ वटाका बढेका छन् । आज १५ वटा कम्पनीका शेयर घटबढ भएका छैनन् ।

आज क्रेस्ट माइक्रो लाइफ इन्सुरेन्सको शेयर ९ प्रतिशतभन्दा धेरैले घटेको छ । बजार सामान्य घटेको दिन सोपान फर्मास्युटिकल्स र कालिञ्चोक हाइड्रोपावरको शेयर १५ प्रतिशतले बढेको छ ।

आज नेप्से घटे पनि कारोबार रकम भने बढेको छ । हिजो ४ अर्ब ८ करोडको कारोबार भएकोमा आज ३५७ वटा कम्पनीका १ करोड २३ लाख कित्ता शेयर ६ अर्ब ४४ करोड रुपैयाँमा किनबेच भएको छ । यो कारोबार रकम गएको वैशाख १५ गतेयताकै धेरै हो । त्यस दिन ६ अर्ब ५३ करोड रुपैयाँको शेयर किनबेच भएको थियो ।

सम्बन्धित समाचार