सदनमा प्रधानमन्त्रीले भने- भारतले नेपालको मात्र होइन, नेपालले पनि भारतको सीमा मिचेको रहेछ

1k Shares

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभामा नेपालको भूभाग भारतले मात्रै नमिचेर भारतको भूभाग नेपालले पनि मिचेको बताएका छन् । 

सीमा विवाद समाधानका लागि सरकारले कसरी काम गर्छ भन्ने सांसद आरेन राईले राखेको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्रीले भारतले नेपालको मात्र नभएर नेपालले पनि भारतको सीमा मिचेकाले यसबारे सहमतिमै बैठक बसेर टुङ्ग्याइने बताए । 

‘सीमा विवाद दुई देश बीच बसेरै टुङ्ग्याइनेछ । भारतले नेपालको मात्रै भूभाग मिचेको छैन। नेपालले पनि भारतको भूभागकै मिचेको देखियो त्यो प्रधानमन्त्री म बनेपछि छक्क परेको छु ।,’ प्रधानमन्त्री शाहले भने, ‘कूटनीतिक र भाइचारात्मक हिसाबले सीमा विवाद समाधान गर्छौँ।’

प्रतिनिधि सभामा पहिलोपटक उपस्थित भएका बालेन्द्रले सांसदहरूको प्रश्नको जवाफ दिइरहेका छन्।

सम्बन्धित समाचार